सुदूरका पहाडी सडक ज्यानमारा !तर, नागरिक बचाउन सरकारलाई वास्ता छैन

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाका सडक ज्यानमारा बनिरहेका छन । सुपका पहाडी जिल्लामा सडक, उक्त सडकमा गुड्ने साना सवारी साधन जिप अहिले यात्रु(मानिस)का लागि काल बनिरहेका छन । क्षमता भन्दा बढि यात्रु ओसार्ने होडबाजी, अनि ट्राफिक प्रहरीको नियमन अभाव जस्ता राज्यका निकायका वेवास्ताका कारण सवारी दुर्घटनाले अकालमै नागरिकले ज्यान गुमाईरहेका छन ।

३० कार्तिक दार्चुलाको गोकुलेश्वरमा भएको जिप दुर्घटना सेलाउन नपाउँदै फेरी डडेल्धुराको पशुराम नगरपालिका जिप दुर्घटना भएको छ । दार्चुलामा भएको दुर्घटनामा ८ जनाले ज्यान गुमाएका थिए । ४ मंसिर कञ्चनपुरको दैजी हुँदै जोगबुढा गएको जिप पर्शुराम नगरपालिका र्९ नौलामा दुर्घटनामा परेको हो । मोडमा जिप दुर्घटना भएपछि ३जनाले अकालमै ज्यान गुमाएको छन । भने, १०जना घाईते भएको पर्शुराम नगरपालिका ९का वडाध्यक्ष देब बहादुर बोहराले जनाए ।

पर्शुराम नगरपालिका ४० बर्षिया मोतीदेवी सार्की र आलीताल गाँउपालिका ७थलकी ३८ बर्षिया धनादेवी बुढाको घटनास्थतमै मृत्यु भएको छ । घाईते सबैलाई महाकाली अस्पताल ल्याएपनि केही रिफर भएका छन । भने केही महाकालीमै उपचार भईरहेको छ । महाकाली अस्पताल स्रोतका अनुसार पर्शुराम नगरपालिका ११सलेना बस्ने २८ बर्षिया पुष्पा भट्ट, पुष्पा भट्टकै छोरा ८ बर्षिया अनुपम भट्ट, अर्का छोरा ४ बर्षका कृष्ण भट्ट, २९ बर्षिया खेमराजन भट्ट, ४८ बर्षिया पार्वती धामी, पार्वती धामीको छोरा ३२बर्षिया डम्बर धामी महाकाली अस्पताल ल्याएर पनि अहिले धनगढी सेतीमा रिर्फर भएका थिए ।

भने, पर्शुराम नगरपालिका ११कै ४३ बर्षिया अमर बहादुर सार्की, अमर बहादुर सार्कीकै नाती ६ बर्षिया रमित सार्की, ४४ बर्षिया जानकी महरा, जानकी महराकी छोरी १३ बर्षिया प्रतिभा महराको महाकाली अस्पतालमै उपचार भईरहेको छ ।
पहाडी जिल्लामा रहेका ज्यानमारा सडक, त्यसकै जिपमा क्षमता भन्दा बढी यात्रु ओसार्ने प्रवृति, दुर्घटना भएपछि उद्दारको संयन्त्र प्रभावकारी नहुँदा नागरिक अनाहकमै ज्यान गुमाउन बाध्य भएका छन ।

ताजा समाचार