पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर स्तरिय आधारभुत खेलकुद प्रतियोगिता संचालन भएको छ् । दोधारा चाँदनी नगर खेलकुद बिकास समितिको आयोजनामा ३ दिन सम्म संचालन हुने नगर स्तरिय आधारभुत खेलकुद प्रतियोगितामा नगर क्षेत्रको २० वटा सामुदायिक बिद्यालय र १४ वटा संस्थागत बिद्यालयको सहभागिता रहेको दोधारा चाँदनी नगर खेलकुद बिकास समितिका नगर संयोजक दिवान चन्दले जानकारी दिनुभएको छ् । कक्षा १ देखि ५ कक्षा र ६ देखि ८ कक्षा सम्म गरि दुई चरणमा प्रतियोगिता आयोजना गरिएको दोधारा चाँदनी नगर खेलकुद बिकास समितिका नगर संयोजक दिवान चन्दले बताउनुभएको छ् । कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म गरि आधारभूत तहका विद्यार्थीहरुको क्षमता प्रस्फुटनका लागि खेलकुद प्रतियोगिता राखिएको नगर खेलकुद बिकास समितिका नगर संयोजक दिवान चन्दले बताउनुभएको छ् ।

नगर खेलकुद बिकास समितिका नगर संयोजक दिवान चन्दको सभापतित्वमा संचालन भएको नगर स्तरिय आधारभुत खेलकुद प्रतियोगिता उद्धघाटन सत्रका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावल रहनुभएको थियो । प्रतियोगिताको विजेता, उप विजेता टिमले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्था दोधारा चाँदनी नगर खेलकुद बिकास समितिले जनाएको छ् । उद्धघाटन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष तथा नगर स्तरिय आधारभुत खेलकुद प्रतियोगिताका प्रमुख अतिथी पदम रावलले नगरपालिकाले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिदै आएको बताउनुभएको छ् ।

खेलले मानसिक र शाररिक रुपमा स्वास्थ्य बनाउनुको साथै बिद्यार्थीको शिक्षामा महत्वपूर्ण योगदान पुर्याउने भएको हुदा दोधारा चाँदनी नगरपालिकाले खेल क्षेत्रलाई आगामी दिनहरुमा अझै सशक्तरुपमा अगाडी बढाउदै लैजाने उहाँले बताउनुभएको छ् । खेलकुद राष्ट्रको सान र पहिचान भएको बताउनु हुदै शारीरिक रुपमा स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो खेलकुद क्षेत्र रहेको वडाध्यक्ष रावलले बताउनुभयो ।

खेलकुद आम नागरिकको पहुँचमा हुन आवश्यक रहेको बताउदै वडाध्यक्ष पदम रावलले यसका लागि स्थानिय स्तरबाटै खेलकुदको बिकास र बिस्तार गर्ने दायित्व र जिम्मेवारीका साथ आफुहरु लागी परिरहेको उहाँको भनाई रहेको छ् ।
