दोधारा । उदयदेव बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाले २६ औं इकाईगत वार्षिक साधारण सभा सम्पन्न गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मंगलबार संस्थाका सञ्चालक समिति उपाध्यक्ष निरञ्जन प्रसाद भट्टको सभापतित्व एवम् दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख अतिथीमा उदयदेव बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको इकाईगत वार्षिक साधारण सभा सम्पन्न भएको छ् । संस्थाले हाल सम्ममा रु. १४ अरव रु. ४४ करोड ९७ लाख ४५ हजार ६५ रुपिँया निक्षेप संकलन गरि रु. १२ अर्व ६६ करोड ९० लाख ४० हजार ८ सय २८ रुपिँया तथा बचत फिर्ता गरि हाल संस्थाको निक्षेप दायित्व रु. १ अरव ७८ करोड ७ लाख ४ हजार २ सय ३७ रुपिँया ७ पैसा रहेको उदयदेव बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति उपाध्याक्ष तथा कार्यक्रमका सभापती निरञ्जन प्रसाद भट्टले बताउनुभएको छ् ।

शेयर पूँजीलाई वृद्धि गर्दै आगामी दुई वर्षमा रु. २५ करोड पुर्याईने संस्थाको लक्ष्य लिएको उदयदेव बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति उपाध्यक्ष निरञ्जन प्रसाद भट्टले बताउनुभएको छ् । आय श्रोत निम्न भएका महिला सदस्यहरुलाई समुहमा आवद्ध गराई उनीहरुको आर्थिक, सामाजिक, महिला सशक्तिकरणमा चेतना अभिवृद्धि गर्दै आएको संस्थाको प्रतिवेदन प्रस्तुतमा बताईएको छ् । संस्थाले उद्यमी कर्जामा ९.९९ प्रतिशत, कृषी तथा व्यापार कर्जा कर्जामा १३ प्रतिशत, अनुउत्पादन कर्जामा १४.७५ प्रतिशतमा लगानी गर्दै आएको बताईएको छ् । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले संस्थाले उल्लेख्य रुपमा प्रगति गरेको बताउदै नमूना सहकारी बन्न शुभकामना दिनुभएको छ् ।

नगर भित्र रहेका विभिन्न संघ–संस्थाहरु संग सहकार्य गर्दै अघि बढ्दै गरेको अवस्थामा नगरको विकासका लागि सबै संग समन्वय र सहकार्य गर्दै आएको उहाँको भनाई रहेको छ् । गाँउ, बस्तीका महिलाहरुको आर्थिक स्तर उकास्दै आत्मनिर्भर बनाउन सहयोग गरेको भन्दै उदयदेव बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडलाई नगर प्रमुख लिम्बुले धन्यबाद दिनुभएको छ् । कार्यक्रममा शेयर सदस्य लगाएत विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कञ्चनपुर भिमदत्त नगरपालिका प्रधान कार्यालय रहेको उदयदेव बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले धनगढी/अत्तरिया, डडेल्धुरा, बैतडी, दोधारा चाँदनी, बेलौरी, झलारी/कृष्णपुर र दैजजीमा सेवा केन्द्र संचालन गर्दै आएको छ् ।
