कञ्चनपुर : नेकपा माओवादी केन्द्रले कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनका लागि उम्मेदबार टुङगो लगाएको छ । अगामी १६ मंसिर भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि हुने उप निर्वाचनका लागि माओवादीले उम्मेदवार टुङगो लगाएको हो । आइतबार नेकपा माओवादी केन्द्र कञ्चनपुरको बैठकले भीनपा ६मा नेकपा माओवादी नेता एव दलित अगुवा नानाराम ओलीलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । नेकपा माअोवादी केन्द्र भीमदत्त नगरका प्रवक्ता सुरेश भट्टले वडाबाट सिफारिस भई आएका ६ नेता कार्यकर्ताहरु मध्ये जेष्ठताको आधारमा ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।
नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ६ का वडाध्यक्ष समेत रहेका ओलीलाई उम्मेदवार बनाईएको उनले बताए । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव दलित समुदायका अगुवा प्रकास पार्कीले वर्गसंघर्षबाट आएको माओवादी आन्दोलनमा होमिएका अगुवा नानाराम ओलीलाई उम्मेदबार बनाएको बताए । उम्मेदवारी टुङगो लागेसंगै नेकपा माओवादी केन्द्रले चुनावमा होमिने जनाएको छ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया नेगीले उम्मेदवारी टुङगो लागेसंगै पाटी चुनावमा होमिएको बताए । नेकपा माओवादी केन्द्रका युवा नेता बिरेन्द्र बिसीले परिर्वतनको पक्षमा संघर्ष गर्दै आएको नेकपा माओवादी केन्द्रले उत्पिडित दलित समुदायबाट उम्मेदवार अघि सारेको बताए ।
‘माओवादी केन्द्र परिर्वतनको पक्षमा उम्मेदवार अघि सारेको छ, ‘अन्य दलहरुले दलित समुदायलाई उपेक्षा गरेको छ, सिफारिस भएपनि टिकट खोसिएका छन, अहिले माअोवादीले दलित समुदाय अघि सारेपछि सिङ्गो दलित समुदाय हर्षित भएको छ ।’ संविधानको रक्षा र व्यवस्था रक्षाका लागि भीनपा ६का दलित समुदायले ओलीलाई साथ दिने उनकोविश्वास छ । आगामी २ मंसिरमा उम्मेदवारी दर्ता रहेको छ ।