प्रथम वडा कप फुटबल प्रतियोगिताको आज फाइनल, बेलडाँडी वडा नं.१ र ४ भिड्ने

उपाधीका लागि बेलडाँडी गाउँपालिका वडा नं.- १ र बेलडाँडी वडा नं. ४ एक आपसमा भिड्नेछन्

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन भएको प्रथम वडा कप पुरुष फुटबल प्रतियोगिता २०८१ को फाइनलका खेल आज हुने भएको छ।

रोयल गुर्खाज स्पोर्ट्स सर्कलको आयोजनामा कार्तिक ११ गतेदेखि सञ्चालन भएको वडा कप पुरुष फुटबल प्रतियोगिता २०८१ को समापन संगै आज कार्तिक २१ गते फाइनल खेल हुने आयोजकले जनाएको छ।

फाइनलमा बेलडाँडी गाउँपालिका दुई टिम पुग्न सफल भएका छन्। बेलडाँडी वडा नं.४ ले बेदकोट नगरपालिका वडा नं.९ लाई सेमिफाइनल ३-१ गोलको अन्तरले हराउदै फाइनल पुगेको हो। भने बेलडाँडि गाउँपालिका वडा नं.१ ले भीमदत्त नगरपालिका वडा नं.१४ लाई सेमिफाइनलमा ८-० गोलको फराकिलो अन्तरले हराउदै उपाधी रक्षाका लागि फाइन पुगेको प्रतियोगिता संयोजक मान बहादुर चन्दले बताउनु भएको छ।

उनका अनुसार, फाइनल खेल महेन्द्रनगर स्थित खुलामञ्चमा दिउँसो १ बजे बेलडाँडी गाउँपालिका दुई टिम एक आपसमा उपाधिका लागि भिड्ने संयोजक चन्दले बताए। प्रतियोगितामा कञ्चनपुर जिल्लाका चार पालिका बेलडाँडी गाउँपाली, बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका १९ टिमको सहभागीता रहेको थियो।

प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार ११ रुपैयाँ ट्रफी ,प्रमाणपत्र मेडल हात पार्ने छन। भने उपविजेता टिमले हासिल ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेडलमा चित्त बुझाउने छ। प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूले समेत पुरस्कार पाउनेछन्।

ताजा समाचार

spot_img