चाड पर्वको मुखमा दोधारा चाँदनीका बाढी प्रभावितलाई खाद्यान्न सहयोग

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० शान्ति टोलमा लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिले बाढी प्रभावितहरुलाई खाद्यान्न सहयोग गरेको छ् । लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समिति, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिका–१० वडा कार्यालय संगको समन्वय र सहकार्य गरि बाढी प्रभावित ३७ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ् । बाढी प्रभावित परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, २ लिटर तेल र आयोडिन युक्त नुन लगाएतका सामग्री वितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले गत असार २२ देखि २४ गते तथा भदौ २७ र २८ गते परेको अविरल वर्षा पछि आएको बाढीबाट कञ्चनपुरका अधिकांश स्थानहरुमा डुवानले ठुलो क्षती बनाएको बताउनुभएको छ् । उहाँले वडा कार्यालय र एनएनएसडब्ल्यूएले तत्काल आवश्यकता पहिचानका लागि सामुदायिक विपद् व्यवस्थापन समिति संग मिलेर स्थलगत अनुगमन तथा छलफल पछि बाढी प्रभावित बासिन्दाहरुले खाद्यान्नको माँग गरेपछि खाद्य सामग्री वितरण गरिएको बताउनुभयो । एनएनएसडब्ल्यूए र डीसीए नेपालद्वारा सञ्चालित सुदृढ परियोजनाले पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्यको लागि भएको सम्झौता बमोजिम सामुदायिक विपद् व्यस्थापन समितिलाई सामुहिक नगद सहायता प्रदान गरेको र सोमार्फत लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो ।

लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक देवीसरा सार्कीले पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्यको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले गरेको सामुहिक नगद सहयोगबाट खाद्यान्न वितरण गरिएको बताउनुभयो । शान्ती टोलका बाढीपिडित अझै पनि पिडामा रहेको लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक देवीसरा सार्कीले बताउनुभयो ।

शान्ति टोलका ३७ घरधुरीको घरमा चाड पर्वको बेला छाक टार्न खाद्यान्न अभाव भएको अवस्थामा उहाँले एनएनएसडब्ल्यूएले चाडबाडको मुखमा राहत वितरण गरेकोमा धन्यवाद दिनुभएको छ् ।

राहत पाएपछि बाढी प्रभावितहरुले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा एनएनएसडब्ल्यूए र डीसीएद्वारा प्रदान गरिएको सहयोगले ठूलो राहत भएको बताएका छन् ।

ताजा समाचार