सुदूरपश्चिम कल्याणकारी समाज यूएईद्वारा विपन्न विद्यार्थीलाई सहयोग

कञ्चनपुर: सुदूरपश्चिम कल्याणकारी समाजले कञ्चनपुरका विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । यूएई सहितका विभिन्न मुलुकमा रोजगारीका लागि परदेशिका नेपाली युवाहरुको साझा संगठन सुदूरपश्चिम कल्याणकारी समाजले विपन्न विद्यार्थीलाई सहयोग गरेको हो । भीमदत्त नगरपालिका ११ भुजेलाकी पुर्णिमा जोशी र दोधाराचाँदनी नगरपालिका ३ एलिना सुनारलाई सहयोग गरेको छ ।

आर्थिक रुपमा कमजोर रहेकी छात्रा जोशी र सुनारलाई सुदूरपश्चिम कल्याणकारी समाजले आर्थिक सहयोग गरेको हो । तर कति आर्थिक सहयोग रकम खुलाएको छैन । सुदूरपश्चिम कल्याणकारी समाजलका अध्यक्ष विक्रम बुढाले आर्थिक रुपमा कमजोर रहेकी छात्रा जोशी, सुनारलाई शैक्षिक समाग्री एक शैक्षिक सत्र बराबरको रकम हस्तान्तरण गरिएको बताए । सुदूरपश्चिम कल्याणकारी समाजले नेपाली विद्यार्थीको शिक्षामा टेवा पु¥याउने उदेश्यले सानो आर्थिक सहयोग गरेको जनाएको छ ।

आर्थिक सहयोग पाएकी जोशी र सुनारले परदेशमा रहेका दाजुहरुबाट आर्थिक सहयोग पाएपछि हर्षित भएकी छिन । नेवि संघका पुर्व नेता समेत रहेका सुदूरपश्चिम कल्याणकारी समाजलका अध्यक्ष विक्रम बुढाले परदेशमा हुँदा पनि नेपाल विद्यार्थीका क्षेत्रमा काम गर्दै आएका छन ।

ताजा समाचार