प्रहरी भर्नाको तयारीमा दोधारा चाँदनी नगरपालिका

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले नगर प्रहरी भर्नाको तयारी थालेको छ् । नगरको शान्ती–सुरक्षा एवम् दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रुपमा उपयोग गर्ने गरी नगरपालिकाले आफ्नै प्रहरी भर्नाको तयारी गरेको हो । १० वडा रहेको नगरपालिकामा तत्कालका लागी १५ नगर प्रहरी भर्नाको तयारी गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले पहिलो पटक सो–सम्बन्धी ऐन पास गरि नगर प्रहरी भर्ना गर्न लागिएको उहाँले बताउनुभएको छ् ।

‘स्थानीय सरकार सञ्चालन ऐन, ०७४’ मा व्यवस्था भएअनुसार नगरपालिकामा शान्ति सुव्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन गर्न नगर प्रहरी भर्ना गर्न लागिएको हो । आउदो तिहार पछि नगर प्रहरी नियुक्तिका लागि विज्ञापन आह्वान लगायतका प्रक्रिया सुरु गर्ने योजना गरिएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

नगर प्रहरी भर्नाका लागि दोधारा चाँदनी नगरपालिकाले सोसम्बन्धी ऐन पास गरिसकेको छ् । नगरपालिकामा नियुक्त गरिने नगर प्रहरीका लागि आर्थिक वर्ष ०८१/८२ का लागी रु. ४० लाख बजेट विनियोजन गरिएको छ् ।

शारीरिक परीक्षण, लिखित परीक्षा र अन्तर्वार्ता मार्फत नगरपालिकाले नगर प्रहरी छनौट प्रक्रिया गर्ने भएको छ् ।

ताजा समाचार