सामुदायिक सुरक्षा जालो बेलौरी १०को अध्यक्षमा कलावती चौधरी

कञ्चनपुर: सामुदायिक सुरक्षा जालो बेलौरी नगरपालिका १० वडा समितिको अध्यक्षमा कलावती चौधरी चयन भएका छिन । सामुदायिक सुरक्षा जालो बेलौरी १०को भेलाले अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएकी हुन ।

उपाध्यक्ष मञ्जु शाह,सचिव खुस्टानी चौधरी,सह सचिव लक्ष्मी नेपाली,कोषाध्यक्ष प्रेमा चौधरी,सदस्यहरु कृष्णी चौधरी,सिता चौधरी, सम्झना चौधरी,फुलमती चौधरी, गिता चौधरी,उमा चौधरी, सिता चौधरी,बिना चौधरी,कृष्नी चौधरी,राज कुमारी चौधरी,सावित्री चौधरी रहेका छन ।

आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले टेवा संस्थाको सहयोगमा ग्रामिण महिलाहरुको हक अधिकारका लागि वडा स्तरमा सामुदायिक सुरक्षा जालोले समिति गठन गरेको बताईन । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका बेलौरी १०का वडाध्यक्ष सोमलाल चौधरीले महिलाको हक अधिकारका लागि सामुदायिक सुरक्षा जालोले भूमिका निर्वाह गर्दै वडाबाट सक्दो सहयोगको अपेक्षा गरेका छन ।

बेलौरीका स्थानीय बुद्धिजिवी पदम शाहले पनि सामुदायिक सुरक्षा जालो मार्फत ग्रामिण महिलाको हक अधिकार सुनिश्चितामा जोडदिए । सीमावर्ती बेलौरी १०का महिलाको अक अधिकारका लागि कार्यक्रम गरिने आर्दश महिला समाजले जनाएको छ ।

ताजा समाचार