दोस्रो संस्करण बेलडाँडी टि-२० क्रिकेट प्रतियोगिता ट्रफी सार्वजनिक, भोलि उद्धघाटन

केशव थापा/बेलडाँडी: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना हुने टि-२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।

बिहिवार एक कार्यक्रमका साथ बेलडाँडी गाउँपालीका उपाध्यक्ष शान्ति नाथले बेलडाँडी टि-२० क्रीकेट मेला २०८१ को ट्रफी सार्वजनिक गरेको आयोजक समितिका अध्यक्ष दिनेश भट्टले बताउनु भएको हो। दीपावलीको पावन अवसर पारेर बेलडाँडी युवा समाजले भोलि शुक्रबार देखि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए।

उनल भने,बेलडाँडी गाउँपालिका वडा नम्बर १ स्थित लल्लरेडाँडा अल स्टारको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि २० टिम दर्ता भएका छन्। खेलतालिका समेत सार्वजनिक र ट्रफी सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रम बिहिवार एक कार्यक्रमका बिच गरिएको हो।

प्रतियोगिताको सबै तयारी पूरा भइसकेको बताउँदै उहाँले शुक्रबार बिहान ०९ बजेदेखि प्रतियोगिता उद्घाटन गरिने बताए। उद्धघाटन खेल बिहान १० बजे अमृत डिजे एण्ड टेन्ट हाउस र प्रगति एकता समाजबिच हुने छ। भने दोस्रो खेल दिउँसो ३ बजे श्री केदार र बि–४ वैवाहबिच हुने छ। भारतसँग जोडिएको खुल्ला सिमानाकाले युवाहरूलाई लागु औषधबाट मुक्त गराई खेल क्षेत्रमा आकर्षित गर्न उद्देश्यले दोस्रो संस्करण क्रीकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको मुख्य प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ । प्रतियोगिताको विजेता टिमले पुरस्कार स्वरूप नगद रु. ५५ हजार ५ सय ५५ का साथै ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले २५ हजार ५ सय २५ रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने आयोजकले बताएको छ।

खेल तालिका:

 

ताजा समाचार