भीनपा उपप्रमुख लेखकको संयोजकमा बजार अनुगमनले पायो त्रिव्रता

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगर बजारको अनुगमन गरिएको छ । विहिवार उपभोक्ता संरक्षण हित समितिका संयोजक भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकको संयोजकत्वमा बजार अनुगमन गरिएको हो । बजारमा रहेका माछाका पसलहरु मिठाईका पसलहरुमा विभिन्न निकायको संयुक्त रुपमा बजार अनुगमन भएको छ ।

उक्त टोलीमा भीनपा बजार अनुगमन टोलीका संयोजक प्रशासकिय अधिकृतसुवास अधिकारी, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत ज्योती कुमारी बोहरा,प्रदेश उपभोक्तहित संरक्षण समितिका उपाध्यक्ष प्रभुनिधी पन्त,भीमदत्त नगरपालिकाका पशु चिकित्सक डा. दिनेश पन्त, उद्योग वाणिज्य संघ,वार्ड प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष खनाल, नगर प्रहरी पत्रकार लगायतको उपश्थिती रहेको थियो । उक्त अनुगमन टोलीले व्यवसाय दर्ता गरे नगरेको,नविकरण भए नभएको र सरसफाई म्याद नाघेका सामग्रीहरु लगायतको अनुगमन गरिएको नगर उपप्रमुख लेखकले बताउनु भयो । पहिलो चरणमा भएका गल्तीलाई सच्चाउन र उहाँहरुलाई सचेत गराउन नविकरण नभए गराउनका लागी यो अनुगमन गरिएको उहाँले बताउनु भयो ।

पालिका र सम्बन्धित निकायहरुको वैठकबाट बजार अनुगमन गरिने भन्ने निर्णय अनुसार माछा पसल, मिठाई को पसल, र प्लाष्टिकको मालाहरुको अहिले अनुगमनको प्राथमिकतामा राखेर काम भएको बताउनु भयो । अब यो अनुगमन निरन्तर रहने र सबैउपभोक्ताहरुले पनि समान खरि गर्दा ध्यान दिन पनि भीमदत्त नगरपालिकाका नगर उपप्रमुख तथा उपभोक्ता संरक्षण हित समितिका संयोजक लेखकले आग्रह गर्नु भयो । बजारमा रहेको माछा पसलहरुमा अनुगमन गर्दा केही माछाहरु खान अयोग्य रहेको भन्दै ढाई किलो माछालाई जफत गरिएको भीमदत्त नगरपालिकाका पशु चिकित्सक डा. दिनेश पन्तले बताउनु भयो । बजारमा लामो समयदेखी राखिएका माछाहरु जुन खानलाई योग्य छैनन त्यसलाई मुचुल्का बनाएर नष्ट गरिएको र अन्य खाद्य पदार्थहरु पनि जफत गरिएको बताउनु भयो ।

ताजा समाचार