महेन्द्रनगरमा लागु औषध बेच्न आएका दुई भारतीय नागरिक पक्राउ

कञ्चनपुर : महेन्द्रनगरमा लागु औषध बेच्नका लागि आएका दुई भारतीय नागरिक पक्राउ परेका छन । बिहीबार साँझ भीमदत्त नगरपालिका १८महेन्द्रनगरबाट दुई भारतीय युवक लागु औषध सहित पक्राउ परेका हुन । लागु औषध नियन्त्रण ब्यूरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले दुई भारतीय युवकलाई लागु औषध खैरो हिरोईन सहित पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरोका इन्चार्ज प्रहरी बरिष्ठ निरीक्षक केशब राज जोशी नेतृत्वको टोलीले भारत उत्तरप्रदेशका २८ बर्षिया गुफरान अली र २६ बर्षिया रेहान अहमतलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरोका प्रह पदम सिह विष्टले विशेष सुचनाका आधारमा अली र अहमतलाई पक्राउ गरिएको बताए । उनीहरुको साथबाट २८.३५ग्राम खैरो हिरोईन सहित मोटरसाईकल, बरामद गरिएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो कञ्चनपुरले स्वदेश तथा विदेशका लागु औषधका तस्कर समुहलाई नियन्त्रण गर्दै प्रहरीलाई बुझाईरहेको छ । भारतबाट नेपाली युवकलाई बेच्नकै लागि नेपाल आएका दुई भारतीय लागु औषधका तस्कर ब्यूरोको फन्दामा परेपछि दजनौँ नेपाली युवा कुलतबाट जोगिएका छन । लागु औषध नियन्त्रणका लागि नेपाली सुरक्षाकर्मीको एकल प्रयास मात्रै नभई भारतीय सुरक्षाकर्मीले समेत विशेष चासो दिनुपर्नेमा जोडदिईएको छ ।

ताजा समाचार