कञ्चनपुर: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनीमा निमाण हुने सुक्का बन्दरगाह निर्माण चाँडै शिलान्यास गर्ने बताएका छन ।
बुधबार उद्योगमन्त्री भण्डारीले सुक्का बन्दरगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै चाँडै शिलान्यास गर्ने बताएका हुन । सुक्का बन्दरगाह आयोजनालाई वनको जग्गा प्राप्ती भईसकेको छ, ‘उद्योगमन्त्री भण्डारीले भने, ‘अब केही दिनमै रुख कटानीको टेण्डर आब्हान गछौँ,यो कार्य अघि बढेसंगै यथाशिघ्र शिलान्यास गछौँ ।’
जग्गा भट्टाभर्नाको काम पनि अघि बढाएर सरकारले सुक्का बन्दरगाह निर्माण कार्य तिव्र रुपमा अघि बढाउने संचालनका लागि भारत सरकारलाई समेत पत्राचार गर्ने बताए ।
महाकाली नदीमा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेसंगै दोधाराचाँदनीमा सुक्का बन्दरगाह निर्माण गरेर सुदूरपश्चिम प्रदेशलाई विकासको मुल प्रवाहमा ल्याईने बताए । सुक्का बन्दरगाह निर्माण भए सुप प्रदेशबाट आर्थिक गतिबिधी बृद्धिसंगै प्रदेश सम्बृद्धि हुने अपेक्षा राखेका छन । दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले सुक्का बन्दरगाह निर्माण कार्य अघि बढाउनुपर्नेमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री भण्डारीले निर्माणाधिन मझगाँउ विमानस्थलको समेत स्थलगत अनुगमन गर्दै शिघ संचालनका लागि पहल गर्ने बताए । पाटी कार्यालयमा समेत नेता कार्यकर्ताहरुसंग भेटघाटकै क्रममा मन्त्री भण्डारीले सरकार सुशासनकै पक्षमा लागेको बताएका थिए । मन्त्री भण्डारी कञ्चनपुर उद्योग वाणिज्य संघको ३३औँ बार्षिक साधारण सभा उद्घाटन गर्न यहाँ आएका हुन ।