नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता: चाैथाे चरणका खेल सुरु, यी हुन् शिर्ष १० खेलाडी’

महेन्द्रनगर : कञ्चनपुरको वेदकोट नगरपालिकामा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा चाैथाे चरणका खेलहरु सुरु भएका छन् । शनिबारबाट वेदकोट नगरपालिका–८, गैलनदीमा सुरु प्रतियोगिताको आइतबार बिहान तेस्रो चरणका खेल सकिएर दिउँसोदेखि चाैथाे चरणका खेल सुरु भएका हुन् ।
एउटा चरणकाे खेल सकिन ३ देखि चार घण्टा समय लाग्ने आयोजकले जनाएको छ । नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ । बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन भएका छन् ।

यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६९ जना खेलाडी सहभागिता रहेको छ । शनिबार यस प्रतियाेगिताका दुई चरणका खेल सम्पन्न भएका छन्।नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेकाे छ।
यी हुन टप टेन खेलाडी
प्रतियाेगितामा टप टेन खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ । ती चरणकाे खेल भईसक्दा सम्म ७ खेलाडीले तीन वटै खेल जितेका छन् । तीन वटै खेल जित्नेमा प्रकास चन्द्र नेपाल, रुपेश जैसवाल, कृष्ण थापा, पुरुस्ताेम सिलवाल, आशिष फुयाल, राजन सुवेदी र बसन्त रावल रहेका छन् । त्यस शिर्ष दशमा क्षितिज भण्डारी, सुरत दहाल र नवीन तन्दुकार परेेका छन्। नेकाेस प्रतियाेगिताका अझै छ वटा चरणका खेल हुनेछन् ।

ताजा समाचार