न्यू भानु युवा क्लब रातो लाई १४ औं संस्करण चादी कपको उपाधी

महेन्द्रनगर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा आयोजना गरेको सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।

सनिवार भएको १४ औं संस्करण रनिङ चादी कप फुटबल प्रतियोगिताको फाइनल खेल न्यू भानु युवा क्लब(ग) रातो र सिताबस्ती (ख) बिच भएको रोमान्चक खेलमा निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो। जसमा फाइनलको निर्णय ट्राइबेकर बाट लगिएको थियो। ट्राईबेकर मा ४-३ गोलको अन्तरले सिताबस्ती लाई हराउँदै फाइनलको न्यू भानु युवा क्लब रातोले उपाधी हात पारेको छ।

नेपालिहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा सिद्धार्थ युवा क्लब पुनर्वास नगरपालिका वडा न.७ च गाउँ कञ्चनपुरले असोज १५ गते देखि आयोजना गरेको १४ औं संस्करण रनिङ चादी कप फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन न्यू भानु युवा क्लब रातो भएको हो। च्याम्पियन क्लब न्यू भानु युवा क्लब रातोले नगद २ लाख १ रुपैया प्रमाणपत्र ट्रफी र मेडल हात पारेको छ। भने उपविजेता सिताबस्तिले नगद १ लाख १ रुपैयाँ प्रतियोगिताको फाइनल कार्तिक ३ गते सिद्धार्थ युवा क्लबको खेलमैदान सम्पन्न भएको हो। प्रतियोगितामा आयोजक टिम ४ सहित बाहिरको २४ गरि २८ टिमको सहभागिता रहेको थियो।
उत्कृष्ट मिड फिल्डर न्यू भानु युवा क्लबका करन शाही,सिताबस्ती टिमका उत्कृष्ट गोलरक्षक र डिफेन्स कुम्भ देउवा, बिजय सिंह ठकुरी , प्रतियोगिता उत्कृष्ट टिम प्रीती गार्डन,उदमान खेलाडी अरनिको युवा क्लबका खेलाडी बिकास थापा,सर्वाधिक गोलकर्ता भानु युवा क्लबका ओम प्रकाश बोहरा उत्कृष्ट टिम प्रशिक्षक न्यू भानु युवा क्लबका हिमाल मल्ल घोषणा गरिएको छ।

विशिष्ट अतिथि कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द समापन कार्यक्रममा बोल्दै आगामी दिनमा यस क्षेत्रमा रहेको रेफ्रीको समस्या लाई समाधान गर्नको लागि जिल्ला फुटबल संघमा ५ जनाको नाम सिफारिस गर्न र क्लबको जमिनको लालपुर्जा प्राप्त गरि उपलब्ध गराएमा अखिल नेपाल फुटबल संघमा प्याराफिटको लागि पहल गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ।

धनगढी उपमहानगरपालिका निवर्तमान मेयर नृप बहादुर ओडले खेलाडी भनेका देशका गहना हुन निरन्तर गाउँ ठाउँ र जिल्ला प्रदेश लाई चिनाउने भनेका नै खेलाडी भएका हुँदा खेलकुद बिकासमा जोड दिनु पर्ने भन्नू भयो।

पुनर्वास नगरपालिका उपमेयर भुलिया कुमारी रानाले पुनर्वास क्षेत्र लाई खेलकुद मय बनाउनु पर्ने र यस पालिकाको सर्वाधिक धनराशि भएको प्रतियोगिता हुनाले आगामी दिनमा थप क्लबले खेलकुदका गतिविधि अझै बढाउने बताए। जसमा खेलाडी लाई सम्मान गर्नु पर्छ र स्थानीय खेलाडी उत्पादनमा विशेष जोड दिन आग्रह गरेकी छन्।

समापन कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका मेयर तोय प्रसाद शर्माले आगामी दिनमा निरन्तरता दिनलाई नगरपालिकाले गर्न सक्ने सहयोग सधै रहिरहने समेत प्रतिबद्धता जाहेर गर्नु भएको छ।

आयोजक क्लबका अध्यक्षले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगी हतहरु प्रती कृतज्ञता साथ धन्यवाद समेत व्यक्त गर्नु भएको छ। आगामी दिनमा प्रतियोगिता आयोजना गर्नमा क्लबलाई थप हौसला प्रदान भएको हुँदा अझै जिम्मेवारी समेत थपिएको उनले बताउनु भयो।

सभापति आयोजक क्लबका अध्यक्ष प्रकाश बहादुर तामाङ प्रमुख अतिथि नगर प्रमुख तोय प्रसाद शर्मा ,विशिष्ट नगर उपमेयर भुलिया कुमारी राना,विशिष्ट अतिथि कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, धनगढी उपमहानगरपालिका पुर्व मेयर नृप बहादुर ओड अतिथि सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहरा, कैलाली जिल्ला फुटबल संघका सदस्य हर्क दान पाली , पुनर्वास नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष लगायत खेलाडी खेलप्रेमीको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन समाजसेवी मान बहादुर तामाङले गर्नु भएको थियो।

ताजा समाचार