दोधारा चाँदनीमा मृगौला पिडितलाई वडाध्यक्ष खत्रीको पहलमा उपचारमा सहयोग

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मृगौला पिडित कुशाल बहादुर सुनारलाई उपचार सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ का वर्ष अन्ताजी ४० का दुवै मृगौलामा समस्या भएका भनिएका कुशाल बहादुर सुनारलाई दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्षले थालेको ‘कुशाल बचाऊ’ अभियानबाट र पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीबाट मृगौला पिडित कुशाल बहादुर सुनारलाई उपचारको लागी आर्थिक सहयोग गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । कुशाल झण्डै एक वर्ष देखि मृगौलाको समस्याबाट ग्रसित रहदै आएका हुन् । पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीबाट रु. १० हजार र आफुले थालेको ‘कुशाल बचाऊ’ बाट संकलित रकम रु. १७ हजार गरि जम्मा रु. २७ हजार कुशालको उपचारमा आर्थिक सहयोग हस्तान्तरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् ।

मृगौला पिडित कुशाल बहादुर सुनारको उपचारको लागी रु. २५ देखि २६ लाख लाग्ने भएको हुदा आर्थिक अवस्था कमजोर भएका मृगौला पिडित सुनारको लागी आफुले अभियान संचालन गरि उपचार रकम संकलन गरिरहेको वडाध्यक्ष खत्रीले बताउनुभएको छ् । मृगौला पिडित कुशाल बहादुर सुनारको भारतको बिभिन्न अस्पतालमा उपचार गराउन आर्थिक समस्या भएपछि काठमाण्डौं स्थित एक सैनिक अस्पतालमा अस्पतालमा उपचार भईरहेको परिवारजनले बताएका छन् ।

पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीका नगर अध्यक्ष तथा नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक राजेन्द्र सिंह भण्डारीले पिडामा रहेको अवस्थामा आफुहरुको संगठनबाट केही सहयोग गरौं भन्ने उद्धेश्यले मृगौलामा समस्या भएका कुशाल बहादुर सुनारलाई उपचारमा थोरै भएपनि सहयोग गर्ने प्रयास गरिएको पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीका नगर अध्यक्ष तथा नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक राजेन्द्र सिंह भण्डारीले बतनाउनुभएको छ् ।

मृगौला पिडित कुशाल बहादुर सुनारको घरमा पुगेर दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री र पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको एक टोलीले उपचार आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । उपचार गर्न आर्थिक समस्या आएपछि मृगौला पिडित कुशालका घरपरिवारले सबै संग सहयोगको अपिल गर्दै आएका हुन् ।

 

ताजा समाचार