दोधारा चाँदनीका नगर प्रमुख लिम्बुको पहलमा शहरी बिकासका ३ वटा योजना संचालनमा

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शहरी विकास मन्त्रालय अन्तर्गत ३ वटा निमार्ण योजना सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ मा आय आर्जन भवन संगै प्याराफिट निमार्ण, दोधारा चाँदनीका बिभिन्न वडाहरुमा पक्की सडक निमार्ण र वडा नं. ७ मा आय आर्जन भवन निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । वडा नं. २ मा रहेको खेल मैदानमा ४ कोठे आय आर्जन भवन संगै प्याराफिट निमार्ण, दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा झण्डै ६ किलोमिटर पक्की सडक निमार्ण र वडा नं. ७ मा ८ कोठे आय आर्जन भवन निमार्ण कार्यको सुरुवात गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा सडक, आय आर्जन भवन र खेलकुद बिकासको लागी प्याराफिट आवश्यक देखिएको आफुले पहल गरेर झण्डै रु. १२ करोडको बिकास योजना अघि बढाएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

नियमित बजेटले ठुला योजना अघि बढाउन नसकिने बताउदै नगर प्रमुख लिम्बुले १२ करोडको योजनाले नगर क्षेत्रको समृद्धि र बिकासमा ठुलो टेवा पुर्‍याउने उहाँले बताउनुभएको छ् । नगरपालिका क्षेत्रको समृद्धि र बिकासको लागी एशियाली विकास बैंक (एडीवी) र युएडिपी संग पहल भईरहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ को खेल मैदानमा आय आर्जन भवन संगै प्याराफिट निमार्ण, दोधारा चाँदनीका बिभिन्न वडाहरुमा पक्की सडक निमार्ण र वडा नं. ७ बाबाथानमा आय आर्जन भवनको निमार्णको जिम्मा पाएको बाशुलिङ्ग अनिल कन्ट्रक्सन प्रालिका प्रोपोराईटर धिर प्रताप पाँण्डेले निमार्ण कार्यको सम्झौता २२ महिना भएतापनि अषाढ मसान्तमा तिनै वटा योजना सकिने बताउनुभएको छ् ।

निमार्ण कार्य द्रुत गतीमा संचालन भईरहेको उहाँको भनाई रहेको छ् । आय आर्जन भवन संगै खेलकुद बिकासको लागी प्याराफिट निमार्ण, दोधारा चाँदनीका बिभिन्न वडाहरुमा झण्डै ६ किलो मिटर पक्की सडक निमार्ण र वडा नं. ७ बाबाथानमा आय आर्जन भवन निमार्ण सुरु भए संगै स्थानियबासीहरुले खुशी ब्यक्त गरेका छन् ।

ताजा समाचार