महाकाली माता मन्दिरमा रात्रीकालिन धार्मिक मेलाको समउद्धघाटन, श्रद्धालुमा बिश्वास बढ्दो

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको महाकाली माता मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा संचालित रात्रीकालिन मेलाको समउद्धघाटन गरिएको छ् । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको माता महाकाली मन्दिरको पुजापाठ संग धार्मिक मेलको समउद्धघाटन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा महाकाली माता मन्दिर समितिका अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । मन्दिर प्रति स्थानियबासीहरुको थप जनबिश्वास बढ्दै गएको कारण माता महाकाली मन्दिरको पुजाअर्चना गरि मेलाको आनन्द लिन दुरदराजबाट समेत श्रद्धालु आउन सुरु भएको उहाँले बताउनुभयो ।

नगरपालिका क्षेत्रमा महाकाली माता मन्दिरको स्थापना गरि पुजा अर्चना गरेपछि दुख पिडाहरु टरेर गएको जनबिश्वास रहेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । मन्दिरमा श्रद्धालुको जनबिश्वास बढे संगै दोधारा चाँदनी नगरपालिका कार्यपालिकाले समेत मन्दिर निमार्ण तथा सम्भारको लागी वर्षेनी बजेट बिनियोजन गर्दै आएको उहाँको भनाई रहेको छ् । महाकाली माता मन्दिर नजिकै एसियाकै दोस्रो लामो महाकाली झोलुङ्गे पुल रहेको हुदा पर्यटकिय हिसावले झनै मन्दिरको महत्व रहेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

मेलामा आ–आफ्नै शैली र परम्परा झल्किने बिभिन्न साँस्कृती कार्यक्रम, धार्मिक झाँकी, देउडा खेल्ने कार्यक्रम रहेको आयोजक संस्था महाकाली माता मन्दिर ब्यवस्थापन समिति दोधारा चाँदनीले जनाएको छ् ।

बिगत लामो समय देखि कोजाग्रत पूर्णिमाको दिन महाकाली माता मन्दिरमा पुजा अर्चना गरिदै आएको र श्रद्धालुले राख्दै आएको बिश्वास पुरा हुदै आएको कारण पनि मन्दिर प्रतिको जनबिश्वास बढेर गएको बुढापाखाहरु बताउछन् ।

 

ताजा समाचार