दोधारा चाँदनी– २ का बाढी पिडित र विपन्नहरुलाई खाद्यान्न र लत्ताकपडा

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी पिडित र विपन्नहरुलाई एक ब्यक्तीले खाद्यान्न र लत्ताकपडा सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– २ निवासी शंकर दत्त कलौनीले वडामा बसोबास गर्ने बाढी पिडित र विपन्नहरुलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । शंकर दत्त कलौनीको सहयोगमा वडामा बसोबास गर्ने एक छाक टार्न समस्या भएका विपन्न र बाढी पिडितहरुलाई खाद्यान्न र चिसो छेक्न सिरक, डसना लगाएत उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । विपन्नताको कारण समस्या परेका ५ जनालाई छनौट गरि सामाजसेवी शंकर दत्त कलौनीले खाद्यान्न र लत्ताकपडा लगाएत सामग्री सहयोग गरिएको उहाँले बताउनुभएको छ् ।

वडाको समृद्धि र बिकासमा सामाजसेवी शंकर दत्त कलौनीले गरेको कार्य प्रशंसनिय रहेको वडाध्यक्ष रावलले बताउनुभएको छ् । बाढीको कारण वडामा अधिकांश स्थानियबासीहरुको धनमालको क्षती गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिभिन्न संघ–संस्था, ब्यक्तीहरुले बाढी पिडितहरुलाई बिभिन्न प्रकारको सहयोग दिदै आएका छन् । दोधारा चाँदनी नगरपालिका– २ निवासी सामाजसेवी शंकर दत्त कलौनीले बाढीको कारण धनमालको क्षती भएर खाना समस्या परेको अवस्थालाई मध्यनजर राख्दै आफुले ब्यक्तीगतरुपमा सहयोग गर्न मन बनाएको बताउनुभएको छ् ।

यस पटक आफुले थोरै ब्यक्तीहरुलाई सहयोग गरेको भएता पनि आगामी दिनहरुमा अलि धेरै मात्रामा सहयोग गर्ने ईच्छा रहेको उहाँले बताउनुभएको छ् ।

विपन्नताको कारण छाक टार्न समस्या भईरहेको अवस्थामा सामाजसेवी शंकर दत्त कलौनीले गरेको सहयोग प्रति स्थानियबासीहरुले खुशी प्रकट गरेका छन् ।

ताजा समाचार