दोधारा चाँदनीमा कोजाग्रत पूर्णिमा माता महाकाली मन्दिरमा रात्रीकालिन मेला लाग्ने

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको महाकाली माता मन्दिरमा कोजाग्रत पूर्णिमाको दिन रात्रीकालिन जात्रा लाग्ने तयारीमा छ् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको महाकाली माता मन्दिरमा सदा जस्तै यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन रात्रीकालिन जात्रा लाग्ने भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा महाकाली माता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । नगरपालिका क्षेत्रकै एक प्रसिद्ध धार्मिक स्थल महाकाली माता मन्दिरमा देवी माँको पूजा अर्चना गरी बाजागाजाका साथ ३ दिन सम्म जात्रा लाग्ने भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । महाकाली नदी बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाउदै आएपछि २०२७ सालमा महाकाली माता मन्दिरको स्थापना गरि पुजा अर्चना सुर गरे संगै महाकाली नदी बस्तीमा पसेर क्षती रोकिएको धार्मिक जनबिश्वास रहेको वडाध्यक्ष सुनारले बताउनुभएको छ् ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन हुदै आएको महाकाली माताको पुजा अर्चनाले विपद् रोकिएको जनबिश्वास रहेको उहाँको भनाई रहेको छ् । मेलामा देवीको माँको पूजा गर्ने, साँझको समयमा मेलामा बाजा गाजाका साथ टोल–टोलबाट हजारौँ भक्तालुहरु सहभागी हुने महाकाली माता मन्दिर व्यवस्थापन समितिका सदस्य अंगविर दमाईले बताउनुभयो । बिगत लामो समय देखि कोजाग्रत पूर्णिमाको दिन माता महाकाली मन्दिरमा पुजा अर्चना गरिदै आएको र श्रद्धालुले राख्दै आएको बिश्वास पुरा हुदै आएको महाकाली माता मन्दिर व्यवस्थापन समितिका सदस्य अंगविर दमाईले बताउनुभएको छ् ।

मन्दिरमा आ–आफ्नै शैली र परम्परा झल्किने बिभिन्न सास्कृती कार्यक्रम, धार्मिक झाँकी, देउडा खेल्ने कार्यक्रम हुने उहाँले बताउनुभयो । पूर्णिमाको दिन दोधारा चाँदनीमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन संचालन हुने देवीको माँको पूजा पाठ तथा जात्रामा भिमदत्त नगरपालिका तथा सिमावर्ती भारतिय क्षेत्रका श्रद्धालुहरु आउने गरेको महाकाली माता मन्दिर व्यवस्थापन समितिका सदस्य अंगविर दमाईको भनाई रहेको छ् ।

महाकाली माता मन्दिर व्यवस्थापन समितिले यस वर्ष भोलीबाट ३ दिन सम्म पुजा तथा जात्रा लाग्ने तयारी रहेको बताएको छ् ।

ताजा समाचार