रोकिएन दोधारा चाँदनीमा जंगली हात्ती आतंक, फेरि भत्कायो एक घर र भान्सा

दोधारा । कञ्चनपुको दोधारा चाँदनीमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीको बथानले कालु लोहारको कच्ची घर र बिमला सुनारको कच्ची भान्सा एकै रातमा तोडफोड गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग जोडिएको बडुवाल टोलमा बिगत लामो समय देखि जंगली हात्तीले किसानहरुले लगाएको अन्नवाली र घरहरु तोडफोड गर्दै आएको छ् ।

हात्तीले किसानले लगाएको अन्नबाली नष्ट गर्ने, घर भत्काउन थाले संगै मानविय क्षतीको त्रास बढेर गएको स्थानियबासीहरुले बताएका छन् । मध्यरातमा जंगली हात्तीको बथानले भान्सा घर भत्काईदिएपछि भान्सा घरमा रहेको अन्नपात, भाडाकुडा सबै हात्तीले नष्ट गरेको स्थानियबासी बिमला सुनारले बताउनुभएको छ् । मध्यरातमा घर संग जोडिएको भान्सा घर तोडफोड गर्न थालेपछि आफ्नो ३ वटा नानी लिएर अध्यारोमा भागेर ज्यान जोगाएको बिमलाले बताउनुभयो ।

एकै रातमा दर्जनौं हात्तीको बथान आएर धान तथा मकै वाली खाएर नष्ट गर्दै आएको उहाँको भनाई रहेको छ् । भारतिय जंगल संग बस्ती भित्रिने हात्तीले बिगतका दिनहरुमा स्थानियबासीहरुको अन्नवाली र घर भत्काउदा समेत सरोकारवाला निरही बनेर बस्दै आएको बिमला सुनारको भनाई रहेको छ् । गएराती सोही बस्ती नजिक कालु लोहारको कच्ची घर हात्तीले पुणर््रमा क्षती बनाएको छ् । मध्यरातमा घर नजिक आएको जंगली हात्तीले काटेर थन्काईएको धान र घर पुर्णरुपमा क्षती बनाएको कालु लोहारले बताउनुभएको छ् ।

हात्तीले घरमा रहेको लत्ताकपडा, अन्नपात, भाडाकुडा सबै नष्ट गरेको कालुर लोहारले बताउनुभएको छ् । हात्तीले घर भत्काउन थाले संग आफुहरुले ज्यान जोगाउन निकै सकस भएको कालु लोहारले बताउनुभएको छ् । हात्तीले घर भत्काईदिनुको साथै घरमा रहेको अन्नपात, लुगाकपडा र भाडाकुडा नष्ट गरिदिएपछि छाक टार्न समस्या भएको कालुले बताउनुभयो ।

 

ताजा समाचार