पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा अपांगता भएका ब्यक्तीहरुलाई खाद्यान्न बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० का बाढी ग्रस्त क्षेत्रमा बसोबास गर्ने ४० परिवारलाई खाद्यान्न बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिनभएको छ् । गत असार २२ गते देखि २५ गते सम्म रकर्ड ब्रेक गर्ने गरि आएको अविरल वर्षा र त्यसपछि आएको वर्षा संगै बाढीले दोधारा चाँदनी नगरपालिका– १० का अधिकांश बस्तीमा धनमालको ठुलो क्षती बनाएको त्यसैमा अपांगता भएका ब्यक्तीहरुको खाद्यान्नमा क्षती बनाएर पिडामा रहेको बिषयलाई मध्यनजर राख्दै वडामा बसोबास गर्ने ४० जना अपांगता भएका घरपरिवारलाई १ बोरा चामल, २ किलो दाल, खाने तेल, नुन एवम् साबुन सहितका समाग्री वितरण गरिएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् ।


बाढीको कारण अपांगता भएका ब्यक्तीहरुलाई चाड पर्वमा खाद्यान्नको समस्या देखिएकोले वडा कार्यालयको निर्णय अनुसार उनिहरुलाई खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष सिंहले बताउनुभयो । खाद्यान्न सहयोगले अपांगता भएका व्यक्तिहरुका लागि दैनिक जीवनयापनमा सहज हुने वडा कार्यालयले अपेक्षा राखेको छ् ।

अपांग संघ सहयोग समिति दोधारा चाँदनी नगरपालिका– १० का सचिव हितेन्द्र सुनारले बाढीको कारण गाँउ, बस्तीमा अधिकांश घरपरिवारको अवस्था कमजोर बनाएको र त्यसैमा अपांगता भएकाहरुलाई झनै छाक टार्नको निकै सकस भएको अवस्थामा वडा कार्यालयले गरेको सहयोग समय सापेक्ष निकै प्रशंसनिय रहेको बताउनुभएको छ् ।

बाढीले नगर क्षेत्रमा सबै भन्दा धेरै धनमालको क्षति वडा नं. १० ले व्यहोरेको र अझै अपांगता भएका ब्यक्तीहरुको अवस्था निकै कष्टकर रहेको उहाँले बताउनुभएको छ् । अपांगता भएकाहरुका लागी वडा कार्यालयबाट वर्षेनी आफुहरुलाई आर्थिकपार्जनको लागी बजेट बिनियोजन गर्दै आएको अपांग संघ सहयोग समिति दोधारा चाँदनी नगरपालिका– १० का सचिव हितेन्द्र सुनारले बताउनुभएको छ् ।
चाड पर्वको बेला छाक टार्नको सकस भएको अवस्थामा खाद्यसामग्री पाएपछि अपांगता भएका परिवारले खुशी प्रकट गरेका छन् ।






