बेलडाँडी फुटबल प्रतियोगिता – २०८१: उद्दघाटन खेलमा कलकताको विजय

महेन्द्रनगर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु भएको छ । विजयादशमीका अवसरमा हरेक बर्ष जस्तै यस बर्षपनि बेलडाँडीमा बिहीबारदेखि फुटबल प्रतियोगिता शुरु भएको हो । एकता युवा समाजको आयोजनामा यस बर्षपनि बेलडाँडी फुटबल महोत्सव ०८१ आयोजना गरिएको थियो ।
फुटबल प्रतियोगिताको बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले एक कार्यक्तमका विच उद्घाटन गर्दै प्रतियोगिताले गाँउको खेलकुद बृद्धि विकासमा टेवा पुग्ने बताए ।
विहीबार भएको उद्यघाटन खेल झिलमिला युवा समाज र कलकता युवा समाज विच भएको प्रतिस्पर्धात्मक खेलमा कलकता युवा कलबले ३–१ गोलको अन्तरले झिलमिलालाई हराउदै पहिलो जित हासिल गरेको छ ।
एकता युवा समाजका अध्यक्ष ललित गिरीले १८ टिमविच प्रतिस्पर्धा हुने बताए । अध्यक्ष गिरीले ग्रामिण भेगको खेलकुद बृद्धि विकासदेखि खेलाडी उत्पादन गर्ने उदेश्यले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘यो खेलाडीका लागि एक स्वर्णीम अवसर पनि हो, ‘उनले भने, ‘यस बेललडाँडी मात्रै होईन क्षेत्र जिल्लाकै खेलकुद बृद्धि विकासमा टेवा पुग्छ ।’
एकता युवा समाजका महासचिव गणेश राज जोशीले खेललाई सभ्य, भव्य, पारदर्शी, बताईने बताए । महासचिव जोशीका अनुसार विजेता टिमलाई १ लाख ५ हजार ५ सय ५५ रुपैया र उपविजेताका लागि ५९ हजार ९ सय ९९ रुपैया सहित टूफी,प्रमाण पत्र, मेडल दिइने छ । एकता युवा समाजका सल्लाहकार सदस्य केशव विष्टले दशैंको रौनका रुपमा परिचित बेलडाँडीको फुटवल महोत्सव भएको बताए । ‘दशैको बेला घर बाहिर
रहेका सम्पूर्ण नेपाली बेलडाँडीका दाजुभाई घर आउने हुदा यसलाई झन मर्यादित बनाउन पालिका सहितका सरोकारवालको साथ सहयोग आवश्यक छ, ‘उनले भने, ‘गाँउको खेलकुद विकासका लागि सरोकारवालाको साथ सर्मथनको विकल्प छैन ।’
दशैको मुखैमा हुने उत्साहजनक फुटबल महोत्सवको आनन्द लिन सबै खेलप्रेमीहरुलाई समेत अनुरोध गरिएको छ । खेल सम्पन्न गर्न ५ लाख खर्च हुने अनुमान गरिएको छ । दशैँका बेला बेलडाँडीमा फुटबलको रौनक हुनेभएपछि खेलकुदप्रेमी, खेलाडी सहितका स्थानीय हर्षित भएका छन । बेलडाँडीमा दशकौँदेखि दशैका बेला खुला फुटबल प्रतियोगितालाई अहिलेसम्म निरन्तरता दिईएको छ । फुटबल प्रतियोगिता हुने स्थानको छेउमै रहेको कालिका मन्दिरमा नवरात्रीका दिन ठुलो धार्मिक मेला लाग्ने भएकाले दशै, फुटबल, मेलाले बेलडाँडीमा रौनकता छाउँदै आएको
छ ।
दशौँ, आयो की बेलडाँडी गाँउपालिका २ रौलेश्वर माध्यामिक विद्यालयको प्राङगणमा फुटबल प्रतियोगिता हुन्छ, भन्ने हरेक खेलाडीको मुटुमा प्रतिबिम्ब गर्छ । प्रतियोगिताले खेलाडीदेखि दर्शकलाई सुविधा पुगेको छ । प्रतियोगिताका खेलहरु एन्फा रेफ्री मान बहादुर तामाङले खेलाउने जिम्मेवारी पाएका छन् । उनी कञ्चनपुरकै अनुभवी रेफ्रीका रुपमा समते परिचित छन् ।

ताजा समाचार

spot_img