बाढी जोखिमः भीमदत्त नगरले ग¥यो महाकाली नदि किनारमा नगरप्रहरी परिचालन

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदि किनारमा नगरप्रहरी परिचालन गरेको छ । मौसम पूर्वानुमान महाशाखाको सुचनाअनुसार केहि दिन वर्षा हुने र बाढी आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उद्धार तथा बाढी जोखिमका विषयमा जानकारी लिन नगरपालिकाले महाकाली नदि किनारका वडा नम्बर ११, १२ र १३ मा नगरप्रहरी परिचालन गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिममा अझै केहिदिन मध्यम देखी भारी वर्षा पर्ने र बाढी आउनसक्ने सम्भावना रहेको कुरालाई मध्यनजर गर्दै विपद् पूर्वतयारी अन्तर्गत महाकाली नदि किनारका वडाहरुमा नगरप्रहरी परिचालन गरिएको भीमदत्त नगर प्रहरी इकाई प्रमुख तथा नगर प्रहरी सहायक निरिक्षक सुरेन्द्र बोहोराले बताए । उनकाअनुसार कार्यालयसंग उपलब्ध उद्धार सामाग्री सहति नगरप्रहरी खटिएका छन् ।

केही समस्या परेमा तपशिलका नम्बरमा सम्पर्क गर्न नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ । तपशिलः पुष्कर भट्ट– भीनपा–११– ९८२२७००२६५ भुवन नाथ –भीनपा–१२– ९८२२७००२१५ वसन्त ठगुन्ना– भीनपा–१२– ९८२२७००२२६ केशब चन्द–भीनपा–१३– ९८६५७९०७९७ विवेक शाह–भीनपा–१३– ९८४९८११६७५ नगर प्रहरी इकाई कार्यालय– ०९९–५२१८९१

ताजा समाचार