७३औं प्रलेस स्थापना दिवस भव्यताका साथ सम्पन्न

कञ्चनपुर : प्रगतिशील लेखक सङ्घको ७३औ स्थापना दिवस भव्यताका देशै भरी मनाइएको छ। वि सं २००९सालमा स्थापित प्रगतिशील लेखक संघको स्थापना दिवस मनाउने क्रममा सुदूरपश्चिम प्रदेशमा समेत बिभिन्न कार्यक्रम आयोजना गरिएका छन। प्रलेस सुदूरपश्चिम प्रदेश समितिले हिजो शुक्रबार र आज गरि ७ठाउँमा पुस्तक हस्तान्तरण गरेको छ।प्रलेस कञ्चनपुर जिल्ला समितिले आज साहित्यिक कार्यक्रम गरि मनायो भने कैलालीमा पुस्तक हस्तान्तरण तथा साहित्यिक गोष्ठी सम्पन्न गरिएको छ।

प्रलेस प्रदेश उपाध्यक्ष तथा कैलाली इञ्चार्ज कोपिला शर्माको संयोजनमा कैलालीमा कैलाली जनपुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ।कोपिला शर्माबाट प्राप्त जानकारी अनुसारप्रलेसकाे ७३ अाैँ स्थापना दिवसमा जिल्ला समिति कैलालीले पुस्तक हस्तान्तरण साथै रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला संयाेजक ओम प्रकाश पुन काे अध्यक्षता र पुर्व मुख्यमन्त्री त्रिलाेचन भट्टकाे प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमको सञ्चालन रियल एनालाइसिस तेजले गरेका थिए ।धनगढीकाे सत्कारचाेकमा सम्पन्न भएको कार्यक्रममा कैलाली जिल्लाका संस्थापक अध्यक्ष यज्ञराज भट्ट समेतको उपस्थितिमा कार्यक्रममा झन्डै तीन दर्जन स्रष्टाहरूले आफ्ना सिर्जना रचनाहरू कविता,गजल,मुक्तक गीत लगायतका प्रस्तुत गरेका थिए । कार्यक्रममा अतिथिहरूले साहित्यिक बिकासका सन्दर्भमा महत्त्वपूर्ण र सान्दर्भिक भनाइहरू राख्नुभएको थियो ।

प्रलेस कञ्चनपुरद्वारा आयोजित स्थापना दिबस जिल्ला अध्यक्ष धर्मानन्द भट्टको अध्यक्षता ,प्रलेस प्रदेश अध्यक्ष रमेश पन्त मीतवन्धुको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा १८ जना सर्जकहरूले रचना बाचन गरेका थिए। प्रलेसको ७३ औं स्थापना दिवसका अवसरमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न असोज ४ र ५ मा सम्पन्न भयेको छ। प्रदेश अध्यक्ष रमेश पन्त मीतवन्धुबाट प्राप्त जानकारी अनुसार पठन संस्कृतिको विकास गर्ने , पुस्तकालय प्रवर्द्धन ,साहित्यिक संचेतना प्रसार र प्रलेसलाई आम पाठकसम्म पुर्‍याउने उद्देश्य बमाेजिम प्रलेस सुदूरपश्चिम प्रदेश समितिले असाेज ४ र ५ गते दुईदिने पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाेछ । प्रलेसका तर्फबाट केन्द्रीय प्रकाशन “प्रलेस”, प्रदेश प्रकाशन “ह्याँक”, कञ्चनपुर जिल्ला प्रकाशन अरुणाेदय लगायतका विभिन्न प्रगतिशील साहित्यकारहरुका कृतिहरु हस्तान्तरण गरिएका थिए भने कार्यक्रममा सहभागी स्रष्टाहरूले आफ्नो व्यक्तिगत तर्फबाट समेत पुस्तक तथा पत्रपत्रिकाहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा हस्तान्तरण गरिएका पुस्तकहरु सबैको अभिलेखिकरण भएको छ । दुवै दिनमा हस्तान्तरण गरिएका पुस्तकहरूको संख्या ५००बढी रहेको छ।

आज ५ गते सम्पन्न कार्यक्रमकाे संयोजन प्रलेस प्रदेश अध्यक्ष रमेश पन्त मीतबन्धुले गरेका थिए । कार्यक्रम अन्तर्गत वेदकाेट सामुदायिक पुस्तकालय दैजीका काेषाध्यक्ष राकेश बहादुर चन्द र शुक्लाफाँटा सामुदायिक पुस्तकालय भाँसी कञ्चनपुरका अध्यक्ष माेहन प्रसाद ओझालाई करिब ११८ पुस्तक तथा पत्रपत्रिकाहरु हस्तान्तरण गरिएको थियाे । कार्यक्रममा प्रलेस सचिवालय सदस्यद्वय नारायण गिरी, नारायण लम्साल, कञ्चनपुर जिल्ला अध्यक्ष धर्मानन्द भट्ट, बैतडी जिल्ला सल्लाहकार कर्ण दयाल साेराडी, प्रलेस पूर्व केन्द्रीय प्रतिनिधि प्रजापति नेगी, प्रलेस प्रदेश सदस्य प्रेमप्रकाश कलाैनी लगायतको उपस्थिति रहेको थियो। असाेज ४ गतेको पुस्तक हस्तान्तरणकाे संयाेजन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस र भम्केनी धाम महाकाली शारदा विद्यापीठ तथा सत्यवादी माध्यमिक विद्यालय पुस्तकालयका लागि प्रदेश उपाध्यक्ष जगदीश ओझा र दशरथ पुस्तकालय बैलारीकाे संयाेजन रापस गङ्गाप्रसाद रिजालले गरेका थिए । कैलाली जनपुस्तकालयलाई पुस्तक प्रदान गर्न रापस काेपिला शर्मालाई संयाेजनकाे जिम्मेवारी दिएको र प्रलेस कैलालीको आजको रचनावाचन कार्यक्रममा काेपिला शर्माकाे संयाेजनमा पुस्तक हस्तान्तरण गरिएका छन।

असाेज ४ र ५ गतेकाे दुईदिने कार्यक्रम सम्पन्न पार्न पुस्तक संकलन गरि सहयाेग गर्नुहुने अस्मिता ओझा, हेमबावु लेखक,सिर्जन श्री, बल्देब अवस्थी जगन्नाथ पुस्तक पसल महेन्द्रनगरका सञ्चालक नवराज भट्ट, वीरबहादुर चन्द विश्राम, कविराज भट्ट, नारायण गिरी, मीना पन्त, कर्ण दयाल साेराडी, प्रजापति नेगी, धर्मानन्द भट्ट, डा. पुस्करराज भट्ट, जनक रसिक,नारायण लम्साल, दीपक बहादुर चन्द, प्रेम प्रकाश कलाैनी, जगदीश ओझा, गंगाप्रसाद रिजाल, काेपिला शर्मा, सिर्जन श्री, तारामणी न्याैपाने लगायतलाई रचनात्मक सहयोगका लागि प्रलेस सुदूरपश्चिम प्रदेशको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ। साथै प्रलेसको पुस्तक हस्तान्तरण कार्यक्रम निरन्तर चल्ने भयेकाले पुस्तक संकलनमा सहयोगका लागि अनुरोध समेत गरिएको छ ।

ताजा समाचार