प्रलेसको स्थापना दिवसमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर : प्रगतिशील लेखक सङ्घ नेपालको ७३औ स्थापना दिवसको अवसरमा आज प्रलेस सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय पुस्तकालय, सत्यवादी माध्यमिक विद्यालय वनगाँउ, कञ्चनपुर , भम्केनीधाम शारदा पीठ गुरूकुल तथा बेलौरी स्थित दशरथ पुस्तकालयमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकोछ । प्रलेस पदाधिकारीहरू तथा सहयोगीहरूको सहयोगमा संकलित विभिन्न विधाका पुस्तक, साहित्यिक पत्रपत्रिका तथा अन्य प्रकासन गरि ३०० बढी कृतिहरू विद्यालय तथा पुस्तकालयहरूमा प्रदान गरिएका छन। सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिंह साउद , भम्केनीधाम गुरूकुलका अध्यक्ष मोहनचन्द्र जोशी , सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कुम्भबहादुर चन्द , तथा दशरथ पुस्तकालयका अध्यक्ष मधुविलास ढुङ्गानालाई पुस्तकहरू हस्तान्तरण गरिएका छन् ।

बेलौरीमा प्रलेस राष्ट्रिय परिषद सदस्य तथा कञ्चनपुर इञ्चार्ज गंगाप्रसाद रिजालको संयोजनमा बेलौरीस्थित दशरथ पुस्तकालयलाई प्रलेस, ह्याँक ,अरुणोदय लगायतका प्रलेसका प्रकासन हस्तान्तरण गरिएका छन्।पुस्तक हस्तान्तरण कार्यक्रममा प्रलेस प्रदेश उपाध्यक्ष तारामणि न्यौपाने , पुस्तकालयका अध्यक्ष मधुविलास ढुङ्गाना, उपाध्यक्ष चन्द्रप्रसाद पोखरेल सहित सुरत श्रेष्ठ, मीना कुँवर, जयन्ती भट्ट समेतको उपस्थिति रहेको थियो।

प्रलेसको स्थापना दिवसका अवसरमा पुस्तक हस्तान्तरण कार्यक्रम संयोजक एवम् प्रदेश उपाध्यक्ष (राष्ट्रिय परिषद सदस्य)जगदीश ओझाबाट प्राप्त जानकारी अनुसार प्रलेस प्रदेश अध्यक्ष रमेश पन्त मीतवन्धुको नेतृत्वमा यो कार्यक्रमलाई असोज ५का दिन पनि निरन्तरता दिइने छ र भोली शुक्लाफाँटा पुस्तकालय, वेदकोट पुस्तकालय तथा कैलाली जनपुस्तकालयमा पुस्तक हस्तान्तरण गरिने छन भने कैलाली र कञ्चनपुर प्रलेसको आयोजनामा साहित्यिक कार्यक्रम सम्पन्न हुनेछन। आज सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक जगदीश ओझाद्वारा सत्यवादी माध्यमिक विद्यालयको बिहानी सभामा शिक्षकहरू हिमालय प्रसाद पन्त, बासुदेव बिष्ट, मोहनसिंह साउद समेतको समुपस्थितिमा ११ थान पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएका थिए।

त्यसै गरि सुदूरपश्चिम विश्वविद्यालय पुस्तकालयमा आयोजित पुस्तक हस्तान्तरण कार्यक्रममा बिभिन्न विधाका १३२थान पुस्तक तथा पत्रपत्रिका क्याम्पस प्रमुख कुम्भबहादुर चन्दलाई हस्तान्तरण गरिएका थिए। क्याम्पसमा आयोजित कार्यक्रममा रमेश पन्त मीतवन्धुको अध्यक्षता तथा सचिव सिर्जन श्रीद्वारा सञ्चालन भयेको कार्यक्रममा स प्रा अर्जुनसिह नेगी, उप प्रा खगेन्द्र प्रसाद जोशी, गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द, साहित्यकार बलदेव अवस्थी, ज्ञानदीप विद्या मन्दिरका प्रिन्सिपल दीपक चन्द, साहित्यकार कल्यान ओझा, नारायण गिरी, कविराज भट्ट, नारायण लम्साल, प्रजापति नेगी लगायतको उपस्थिति रहेको थियो। भम्केनीधाममा रहेको शारदा पीठ गुरूकुल विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष मोहनचन्द्र जोशीलाई ८०थान पुस्तक प्रदान गरिएका थिए ।

हस्तान्तरण कार्यक्रममा गुरूकुलका शिक्षक , विद्यार्थी तथा धामका कर्मचारीहरूको उपस्थिति रहेको थियो। पठन संस्कृतिको अभ्युत्थान, पुस्तकालय प्रवर्द्धन तथा विद्यार्थी सहयोगका साथै साहित्यिक संचेचना प्रसारका उद्देश्यले नौलो कार्यक्रमका रूपमा प्रलेस सुदूरपश्चिम प्रदेश समितिले यो कार्यक्रम निरन्तरता दिने जानकारी कार्यक्रममा कार्यक्रम संयोजक जगदीश ओझा तथा अध्यक्ष रमेश पन्त मीतवन्धुले जानकारी गराएका थिए। हस्तान्तरण कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख कुम्भबहादुर चन्द तथा गुरूकुल अध्यक्ष मोहनचन्द्र जोशीले रचनात्मक कार्यका लागि धन्यवाद दिदै यस कार्यबाट साहित्यिक तथा शैक्षिक बिकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए

कार्यक्रम सम्पन्न गर्न पुस्तक संकलन कार्यक्रममा अस्मिता ओझा, हेमबावु लेखक,सिर्जन श्री, बल्देब अवस्थी जगन्नाथ पुस्तक पसल महेन्द्रनगरका सञ्चालक नवराज भट्ट, वीरबहादुर चन्द विश्राम, कविराज भट्ट लगायतबाट महत्वपूर्ण सहयोग प्राप्त भयेकोमा प्रलेस सुदूरपश्चिमको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ। देश भरी नै प्रलेसले स्थापना दिवस मनाइ रहदा कैलालीमा प्रदेश उपाध्यक्ष कोपिला शर्मा तथा बैतडीमा कर्ण दयाल सोराडीले कार्यक्रम संयोजन गरि रहनु भयेको जानकारी समेत प्रलेस प्रदेश सचिव सिर्जन श्रीले जानकारी दिएका छन।

ताजा समाचार