महिलाको अगुवाईमा जलवायु उत्थानशिल कार्यका लागि संयुक्त वकालत कार्यक्रम

शुक्लाफाँटामा लक्षित समुदायको सिकाई आदान प्रदान

झलारी : जलवायु परिवर्तनका संभावित विकल्प पहिचान गरी कार्ययोजना बनाउनका लागि शुक्लाफाँटा नगरपालिकामा शुक्रवार छलफल कार्यक्रमको आयोजना गरियो । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको आयोजनामा महिलाको अगुवाईमा जलवायु उत्थानशिल कार्यका लागि संयुक्त वकालत कार्यक्रम अन्र्तगत लक्षित समुदायको सिकाई आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो । मञ्चका श्रोतव्यक्ति नरिराम लुहारले कार्यक्रम बारे जानकारी दिनु हुदै समुदाय(महिला र किसान)को ज्ञान, सीप र संलग्नता बिना जलवायु परिवर्तन जस्तो जटिल बिषयमा परिणाममुखी काम गर्न सम्भव नहुने बताउनु भयो । उहाँले त्यसका लागि समुदायमा भएको ज्ञान, सीप र पहुँको स्थिति पहिचान गर्नु पर्ने जानकारी दिनु भयो ।
कार्यक्रम अन्र्तगत टोल तहमा छलफल र अभिलेखनका कार्य गरेका छौं उहाँले भन्नुभयो, साविकका गाविस समेटन सकिने,दलित जनजातीको बाहुल्यता भएका,मिश्रीत बसोवास भएको, कृषि क्षेत्र बढी भएको, प्राकृतिक प्रकोप र जग्गा सम्बन्धी समस्या भएका टोल तहमा छलफल गरिएको छ ।

नगरपालिकाको वडा नं ८ फुलेली(एलानी टोल), वडा नं ११ अमरपुर (दशरथ टोल) र वडा नं १२ कालागौंडी(रामपुर टोल) मा छलफल कार्यक्रम गरिएको उहाँले जानकारी दिनु भयो । छलफल कार्यक्रममा दुई सय ५५ जना सहभागी रहेका थिए ।
जसमा महिला मात्रै एक सय २८ जना रहेको उहाँको भनाई रहेको छ । जलवायु परिवर्तन बारे महिला २६ र २१ जनाले सुनेका, एक सय २९ महिला र ६१जना पुरुषले नसुनेको बताएका छन । खेतीपाती, पशुपालन, खानेपानी, उद्योग व्यवसाय, खाद्यान्न, वन वातावरण, रोजगारी, स्वास्थ्य, महिला, बालबालिका, भूमिहीन सुकुम्बासी, दलित, बृद्धबृद्धालाई जलवायु परिवर्तनको असरले बढी प्रभावित पारेको पाईएको छ लुहारले भन्नु भयो, पानीको मुहान संरक्षण गर्ने, घरमा भएको पानीको पुनः प्रयोग गर्ने, बृक्षारोपण गर्ने, गोवरमलको प्रयोग बढाउने,प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन गर्ने, टोल तहमा जनचेतना फैलाने गर्न जरुरी छ । समुदाय स्तरमा गरिएका छफलमा भूमि संरक्षण, भोगका आधारमा जग्गा दर्ता र पुनःस्थापना, उत्पादन बृद्धिमा सहजिकरणको माग गरिएको कार्यक्रममा उहाँले बताउनु भयो ।

समाज सदियौं देखि चली आएको छ मञ्चका सुदूरपश्चिम सचिव राम बहादुर चुनाँराले भन्नुभयो, आफ्नो ठाउँ, परिवेश अनुसारको ब्यवस्था छ, उस्तै ब्यवहार, भोगाई पनि छ, त्यसमा परिवर्तन ल्याउनुपर्छ भनी सिकाउने काम धेरै भए तर परिणाम प्राय शुन्य मै रह्यो, जो जसरी चलेका थिए, त्यही चलन पुनः दोहरिएको देखिन्छ । यसो हुनुको मुख्य कारण त्यहाँको भोगाई, स्वाभाव, रुची, सम्भावनाको बिचार नगरी आफ्नो धारणा लागु गर्ने प्रबृति रहेको उहाँको भनाई रहेको छ । त्यसकारण समुदायको ज्ञान, सीप, भोगाई, रुचिलाई बिचार गरि स्थानीय सम्भावनाको आधारमा योजना बनाउनु पर्ने उहाँको सुझाव रहेको छ । जग्गा दर्ता सम्बन्धि नगरपालिकामा भएका कामहरुको अभिलेख तयार गरि पैरवी गर्ने, भूमिको वर्गीकरण र उपयोग सम्बन्धि परिवेश अध्ययन र भूउपयोग योजनाको आधारपत्र निर्माण गर्ने, एउटा टोलमा सामुदायिक भुमि ब्यवस्थापन अभ्यासको नमुना निर्माण गर्ने (सामुदायिक नीति, सामुदायिक संस्था, सामुदायिक योजना) मञ्चका भावी योजनाका रुपमा रहेका छन ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख कल्पना पन्तले जलवायु परिवर्तनको असरले महिला माथि कार्यबोझ थपिएको बताउनु भयो । सबै भन्दा बढी पिडामा महिलाहरु छन उहाँले भन्नुभयो, महिलाको उत्थानका लागि कार्यक्रम बनाएर लागु गर्नु पर्ने आजको आवश्यकता हो । हरेक क्षेत्रबाट महिलालाई नेतृत्वदायी भूमिकामा पुरयाउनु पर्ने उहाँको भनाई थियो ।
वडा नं १ का वडा अध्यक्ष उत्तरदेव भट्टले पानीका नल्काहरु सुक्दै जानुमा जलवायू परिवर्तनको असरको प्रभाव रहेको बताउनु भयो । बारिङ गाडदा नल्का सुक्छन भनेपछि गाडन नसकिएको उहाँले कार्यक्रममा बताउनु भयो । हामी प्रकृति पूजक हौं, नदी, तलाउ, खोला लगायतको पूजा वर्षौ देखि चल्दै आएको छ उहाँले भन्नुभयो, प्रकृतिको पूज ागर्ने भनेको त्यसलाई प्रदूषित हुन नदिनु, सुक्न नदिनु, बृक्षारोपण गर्नु लगायत हो ।

अर्का वडा अध्यक्ष शेर बहादुर साउदले जलवायू परिवर्तनको असरले प्रत्येक क्षेत्रमा असर गरेको बताउनु भयो । मञ्चका सुदूरपश्चिम अध्यक्ष नन्दादेवी जोशीले दुई दशक देखि जग्गा संग सम्बन्धीत मुद्दामा लडदै आएको बताउनु भयो । जलवायू परिवर्तनका असरबारे सतर्क नहुदा योजना बनाईदा जमिन खोलामा लालपूर्जा झोलामा भएको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख रण बहादुर महरा, प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट, वडा अध्यक्ष लाल बहादुर ऐर, रमेश बहादुर ऐर, चक्र बहादुर खडका, नरेन्द्रप्रसाद चौधरी, दान सिंह ऐर, नवल सिंह राना, कार्यपालिका सदस्य, विपद् कृषि, पशु शाखाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार