बेलडाँडीमा अन्नते मेलाको दोस्रो दिन बढ्दै रौनक

पहिलो दिन भन्दा दोब्बर उत्साहजनक  उपस्थिति, मेलामा निकै छाएको को छ रौनक, मेला असोज ४ गते भोलि सम्पन्न हुने

कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा पहिलो दिन भन्दा दोब्बर उपस्थितिले अन्नते मेलाको रौनक निकै बढेको छ।असोज २ देखि ४ गते सम्म ३ दिनका लागि आयोजना गरेको अन्नते मेलामा निकै उत्साहितका साथ पहिलो दिन भन्दा दोब्बर दर्शकहरु को उपस्थिति रहेको छ। बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको रौलेश्वर मावि अगाडीको कालिका मन्दिरको प्राङ्गणमा राती सम्म अन्नते मेला लाग्ने आयोजक कालिका मन्दिर समितिले बताएको छ।कालिका मन्दिर समितिका सचिव विर बहादुर बडुवालले पूर्णिमाको दिनबाट शुरु हुने अन्नते मेला सुदूरपश्चिम प्रदेशको बाजुरीले समुदायका मान्छेले विशेष महत्वका साथ मनाउने यो पर्व हो। आयोजना गरिएको अन्नते मेलामा आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा प्रतियोगिताको समेत आयोजना गरिएको छ। जसमा स्थानीय देउडियाहरु लाई समेत आमन्त्रित गरेका छौ। उक्त मेलामा भब्य देउडिको बेजोड प्रस्तुति रहेको छ।स्थानीय लोक संस्कृति र पहिचानस्वरुप मनाइने अन्नते मेला बाजुरा लगायत सुदूर पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइने गरिन्छ। मेलाका माध्यमबाट देउडा कला र सांस्कृतिको जगेर्ना मा ठूलो टेवा पुग्ने छ। अघिल्लो सालको भन्दा यो साल अन्नते मेला भब्य रहेको स्थानीयको भनाई छ।

ताजा समाचार