५५ बचतकर्ताले समान लगेर चित्त बुझाए म्याद गुज्रिएका समान नष्ट, घरधनीलाई चाबी

शिवशिखर सहकारी ठगि प्रकरण

कञ्चनपुर,: समस्याग्रस्थ शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाका केही मात्रै बचतकर्ताले समान लगेर चित्त बुझाएका छन । महेन्द्रनगर स्थित शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाका ५५ बचतकर्ताले समान लगेर चित्त बुझाएका हुन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत बिहीबारदेखी २० हजारसम्मका बचतकर्ताहरुलाई समान वितरण गरेको थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य उद्धव तिम्लिसिनाले पहिलो चरणमा सानो परिमाणमा बचत गरेका बचतकर्ताहरुलाई बचत बाफतको भौतिक समान वितरण गरिएको बताए । ‘हामीले समान लिन ईच्छुक बचतकर्तालाई समान फिर्ता गरेका छौँ, ‘उनले भने, ‘घर खाली गरेर समान पनि फिर्ता दिएका छौँ ।’ उक्त सहकारीले संचालन गरेको गार्डेन मार्टभित्र रहेका म्याद गुज्रिएका समान समेत भीमदत्त नगरपालिकालाई सोमबार हस्तान्तरण गरिएको छ । उक्त म्याद गुज्रिएका लाखौँका समान भीमदत्त नगरपालिकाले नष्ट गरेको छ ।

उनका अनुसार २५ भदौँ ०८० मा सरकारले समस्याग्रस्थ घोषणा गरेको उक्त शिवशिखर बहुउदेशीय सहकारी संस्थाको सम्पत्ती व्यवस्थापन तथा दायित्व भुक्तानीको कार्य समितिले गर्दै आएको र १८ पुष ०८० मा बचत मागदावि अनलाईन मागदावि पेशका लागि प्रकासित गरिएको सुचना र ३० असार ०८१ मा आफ्नो बचत बराबरको समान लिन ईच्छुक बचतकर्ताले भीमदत्त नगरपालिकामा दिएको निवेदनका आधारमा समान वितरण गरिरहेको बताए ।हामीले समानमा राखिएको प्रिन्टेड समान र सरोकारवालाको रहोबरमा बस्तुको मुल्य अनुरुप समान वितरण गरिरहेका छौँ, ‘अब सहकारीको ऋण अशुलदेखि अचल सम्पत्ती बिक्रि गरेर बाँकी बचतकर्तालाई रकम वितरण गछौँ ।’ समान फिर्ताका लागि २सय ८५बचतकर्ताले भीमदत्त नगरपालिका र अनलाईनमा निवेदन दिएका थिए ।

सहकारीबाट ऋण लगेर नतिरेका व्यक्तिहरुबाट समेत अशुल गरेर बचतकर्ताको रकम फिर्ता दिईने बताए । बाँकी बचतकर्ताहरुलाई पनि अनलाईन निवेदन हाल्नका लागि आब्हान गरेको छ । शिवशिखर बहुउदेशीय सहकारी संस्थाका बचतकर्ताको संघर्ष समितिका अध्यक्ष लोकेन्द्र लम्सालले साना बचतकर्ताहरुलाई प्राथमिकतामा राखेर समान वितरण गरिएको बताए । ‘पहिलो चरणमा भएको सहकारीको समान, जिन्सी चलअचल सम्पत्ती बिक्रि गरेर साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ, ‘उनले भने, ‘भावि दिनमा थप एक्सनमा उत्रिएर सबै बचतकर्ताको रकम फिर्ता गरेर सरकारले पीडित बचतकर्तालाई न्याय दिनुपर्छ ।’ उनले सरकारको निकम्मापनका कारण आज लाखौँ सहकारीका बचतकर्ता मारमा परेको बताए ।
लम्सालले शिबशिखरदेखि यता थुप्रै सरकारीमा ठगि हुँदा समेत सरकार चुपचाप बसेकाले अब थप सहकारी ठगिक्रम जारीले अझै जनतामाथि घात हुने बताए । श्रम गरेर सहकारीमा बचत गरेको रकम डुब्नु भन्दा समान ल्याएरै चित्त बुझाउनु परेको साना बचतकर्ताहरुले बताएका छन ।

ललितपुर केन्द्रीय कार्यालय भई शाखा कार्यालय कञ्चनपुरको महेन्द्रनगर, बेलौरी र पुनर्वासमा विस्तार गरेको शिवशिखर बहुउदेश्यीय सहकारी ठगि प्रकरणको अध्ययन गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गत बुधबार कञ्चनपुर आईपुगेको थियो । समितिले प्रशासनमा बैठक नै आब्हान गरेर पीडितलाई सम्बोधन र घर खाली गर्नका लागि निर्णय गरेको छ । व्यवसायी खगेश्वर बोहराले साढे चार लाख रुपैयामा मासिक भाडामा दिईएको उक्त घर दुई बर्षदेखि बन्द हुँदा समान मात्रै नभई आफ्नो घरसमेत बिग्रीन लागेको बताए । ‘बेसमेन्टमा पानी भरिभराउ छ, ‘उनले भने, ‘दुई बर्षदेखि भाडा र १० लाख विद्युतको महसुल बुझाएको छैन, म आफै पनि सहकारीबाट पीडित छु ।’ शिवशिखर बहुउदेश्यीय सहकारी कञ्चनपुरका ३ हजार ६७१ बचतकर्ताको ३१ करोड ०७ लाख रुपैया बचत डुबाएको छ । गत मंसिरमा सहकारीका मालिक गिता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
चार बर्षअघिदेखि कञ्चनपुरका तीन स्थान–महेन्द्रनगर, बेलौरी र पुनर्वासमा तकडभडकका साथ संचालनमा आएको सहकारीले यहाँका झण्डै साढे तीन हजार भन्दा बढि जनताको ३१ करोड बढी रकम संकलन गरेर अपचलन गरेको पाईएको छ ।उक्त सहकारीका अन्य शाखामा बचतफिर्ताको माग अघि सारेर आन्दोलन हुँदा महेन्द्रनगरमा पनि ०७० सालदेखि आन्दोलन गर्दै आएका थिए ।

सरकारले नै शिबशिखर बहुउदेश्यीय सहकारी सहित २२ सहकारी संस्थालाई समस्याग्रस्तमा राखेको छ ।स्थानीयले उक्त २२ मात्रै नभई अन्य सहकारीमा समेत ठगि भएकाले छानबिन गर्नुपर्नेमा जोडदिएका छन । केही टाठाबाठाहरुले सहकारी खोल्ने जनता ठग्ने काम गरेको भन्दै यस्तामाथि कार्बाहीदेखि नयाँ सहकारी खोल्ने कार्यमा कडाई हुनुपर्नेमा जोडदिएका छन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सबै बचतकर्तामाथि न्याय दिने काम गर्ने प्रंतिबद्धता जाहेर गरेको छ ।

ताजा समाचार