कुतियाकवर बस्तीका ४२ बाढीपिडित परिवारलाई खाद्य सामग्री बितरण

पप्पु गुरुङ्ग, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बाढी प्रभावितहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको छ् । कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको सहयोग र सहकार्यमा कुतियाकवरका बाढी प्रभावित ४२ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । बाढी प्रभावित परिवारलाई प्रति परिवारलाई २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, आयोडिन युक्त नुन, साबुन र लुगा धुने सोडा गरि १५ दिन पुग्ने राहत सामग्री वितरण गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले गत २७ गते र २८ गते परेको अविरल वर्षापछि आएको बाढीबाट कुतियाकवरका ४२ घरधुरीलाई राहत सामग्री बितरण गरिएको बताउनुभयो ।

वडा कार्यालय र एनएनएसडब्ल्यूएले तत्काल आवश्यकता पहिचानका लागि सामुदायिक विपद् व्यवस्थापन समिति संग सहकार्य गरि स्थलगत अनुगमन तथा छलफल गरे संगै स्थानीय बाढी प्रभावितहरु बासिन्दाहरुले खाद्यान्नको माँग भएपछि खाद्य सामग्री वितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । उहाँले एनएनएसडब्ल्यूए र डीसीए नेपालद्वारा सञ्चालित सुदृढ परियोजनाले पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्यको लागि भएको सम्झौता बमोजिम सामुदायिक विपद् व्यस्थापन समितिहरुलाई सामुहिक नगद सहायता प्रदान गरेको र सो मार्फत कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिले राहत वितरण गरिएको बताउनुभयो ।

शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले एनएनएसडब्ल्यूए र डीसीए नेपालले पिडाको बेला मलहम लगाएको भन्दै दुवै संस्थालाई धन्यवाद दिनुभयो । उहाँले कुतियाकवरमा बाढी तथा डुवानको समस्या वर्षौ देखिको बिकराल समस्या बन्दै आएको र त्यसको दीर्घकालिन समाधान खोज्ने तर्फ आफु प्रतिवद्ध रहेको बताउनुभयो । बाढीले कुतियाकवर बस्तीमा स्थानियहरुको अन्नवाली र घरमा क्षती बनाएको छ् । महाकाली नदीको पानी बस्तीमा पसेर बस्तीनै हिल्याम्मे बनाएको छ् । दोधारा चाँदनी नगरपालिका–१० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले गत २७ गते र २८ गतेको बाढीबाट कुतियाकवरका बासिन्दा पिडामा रहेको बताउनुभयो ।

उहाँले कुतियाकवरका ४२ घरधुरीको घरमा एक छाक टार्नको लागी सकस भएको अवस्थामा एनएनएसडब्ल्यूएले राहत वितरण गरेकोमा धन्यवाद दिनुभयो । बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कष्टकर जिवन बिताइरहेका कुतियाकवर बस्तीका बाढीपिडितहरुले पिडामा सहयोग गरेको बताउदै एनएनएसडब्ल्यूए र डीसीएद्वारा प्रदान गरिएको सहयोगले ठूलो राहत भएको उनिहरुले बताएका छन् ।

 

ताजा समाचार