पटरा खल्लाका २७ घरपरिवार बिद्यालयको शरणमा, बाढीबाट बिस्तापित घर फर्कदै

दोधारा । लगातारको वर्षा संग जगबुडा नदीमा आएको बाढीको कारण कञ्चनपुरको दोधारा चाँदनीको पटरा खल्लाका २७ घरपरिवार बिस्तापित भएका छन् । लगातारको वर्षा संग जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका २७ परिवार नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा बस्दै आएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले जानकारी दिनुभएको छ् । यस अघि असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको बाढीले बिस्तापित भएका पटरा खल्लाका बाढीपिडितहरु बिस्तापित भई बिद्यालयमा आश्रय लिएका थिए । दुई दिन सम्म आउको वर्षा संगै जगबुडा नदीको बाढीले पटरा खल्लामा बितण्डा मच्चाएपछि उनिहरु फेरि बिद्यालयमा आश्रय लिएर बसेका छन् ।

महाकाली नदी र जगबुडा नदीमा पानीको बहाव थोरै बढी भएपनि बस्ती डुवानमा पर्ने अवस्था रहेको हुदा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाका बाढी ग्रस्त बस्तीका स्थानियहरु बिस्तापित भई नजिकै रहेको अम्बिका माध्यमिक बिद्यालय, जनज्योती माध्यमिक बिद्यालय र जमुना आधारभुत बिद्यालयमा आश्रय लिएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । बस्तीमा पानी सुक्न थाले संगै बाढीपिडितहरु घर फर्केन थालेको उहाँले बताउनुभएको छ् । बिस्तापित भएकाहरुलाई खाना र बस्नको व्यवस्था दोधारा चाँदनी नगरपालिका र गैरसरकारी संस्थाहरुले गर्दै आएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् ।

अविरल वर्षा संग महाकाली नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा नदीले डुवान र कटानी गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभयो । पटरा खल्लाका २७ घरपरिवार अभै पनि जमुना आधारभुत बिद्यालयमा बस्दै आएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीले सबै भन्दा बढी पिडा दिने बस्ती पटरा खल्ला भएको र यसको दिर्घकालिन समस्या हल गर्नका लागी नेपाल सरकारले एकिकृत नमुना बस्ती निमार्ण गर्न लागेको नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् ।

पटरा खल्लाका २७ परिवारको बसोबासको लागी प्रति परिवार रु. ४ लाख रकम बाढीपिडितहरुको स्थायी आवास निमार्ण गर्न नेपाल सरकारले रकम पठाउने र निड्स नेपालले रु. २५ लाख र नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले केही रकम बिनियोजन गरि व्यवस्थीत र जिल्लामै नमुनाको रुपमा एकिकृत नमुना बस्ती बसाउने योजना रहेको छ् ।

एकिकृत नमुना बस्ती निमार्णको जग्गा उपलब्धाको लागी पटरखल्ला नजिक रहेको जमुना आधाभुत बिद्यालय तथा आसपास क्षेत्रका स्थानियबासीहरु संग राय संकलनको लागी दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरसिंह धनाडीको संयोजकत्वमा सर्वदलिय, सर्वपक्षिय १३ सदस्यीय एकिकृत नमुना बस्ती निमार्णको लागी जग्गा उपलब्ध गराउने बिषयमा कार्यदल गठन गरिएको छ् ।

 

ताजा समाचार