अठार नम्वर पिल्लर बस्ती बिस्तापनको संघारमा, निमार्ण गरिएको अस्थायी तटबन्ध बाढीले बगायो

दोधारा । लगातारको वर्षा संगै जगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती नजिक जग्गा कटानी गरेको छ् । जगबुडा नदीमा आएको बाढीले हालै निमार्ण गरिएको अस्थायी तटबन्ध भत्काईदिएको छ भने, धान, मकै र उखुवारीमा ब्यापक क्षती बनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्तीकोरुपमा चिनिने नेपाल–भारत संग जोडिएको सिमा बस्ती बिस्तापितको संघारमा रहेको स्थानियबासी दिल बहादुर रानाले जानकारी दिनुभएको छ् । जगबुडा नदीले बस्तीनै बिस्तापित हुने अवस्थामा रहेको स्थानियबासी दिल बहादुर रानाले बताउनुभयो । कतिबेला जगबुडा नदीले बस्तीलाई बगाईदिने हो, भन्ने त्रासले रातभरी जाग्रम बस्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभएको छ् । २०४६ साल सम्म २२ घरधुरी रहेको र हाल आएर बाढी र सिमामा भारतियहरुको ज्यादतीको कारण अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरी बसोबास गर्दै आएको स्थानियबासी दिल बहादुर रानाले बताउनुभएको छ् । बाढीले अठार नम्वर पिल्लर बस्तीको बेहाल छ् ।

बाढीले जगबुडा नदी किनारका अन्न उब्जाएर खाने खेत वर्षै पिच्छे कटान गर्न थालेपछि अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुलाई छाक टार्न सकस भएको बस्तीका अर्का स्थानियबासी डम्मरी देवी ओलीले बताउनुभयो । असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको बाढीले बस्ती बिस्तापित हुने गरि घर आँगन नजिक जगबुडा नदी पुगेको डम्मरी ओलीले बताउनुभएको छ् । नदीले जग्गा कटानी गरेर सुकुम्वासी बनाएको अवस्थामा वर्षौ देखि बस्दै आएको बस्तीनै नदीले बगाईदिने चिन्ताले पिरोली रहेको डम्मरी देबी ओलीले बताउनुभयो ।

भारतको नाङ्ला स्केपबाट आएको जगबुडा नदीले अठार नम्वर पिल्लर बस्ती क्षेत्रमा बिगतका दिनहरु देखि जग्गा कटानी गर्दै आएको छ् । घर आँगन नजिक जगबुडा नदी आएको अवस्थामा थप जग्गा कटानी भएपछि अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा पुगेको छ भने, अर्कोतिर बाढीले खेतनै बगाएर खाद्यान्नको चरम अभाव भोग्नु पर्ने अवस्था रहेका उनिहरु बताउछन् । शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले अठार नम्वर पिल्लर बस्तीको अवस्था अत्यन्तै नाजुक रहेको बताउनुभएको छ् ।

बाढीले बस्तीनै बिस्तापित हुने अवस्थालाई मध्यनजर राख्दै आफुले प्रदेश सभाको बैठकमा समेत यसबारे माँग राखेको बताउनुभएको छ् । सिमाको सुरक्षा गर्दै आएका अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन जरुरी रहेको शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् ।

नाजुक अवस्थामा रहेको उक्त बस्तीलाई प्रदेश सरकारबाट नदी नियन्त्रण संग बस्तीलाई सुरक्षित राख्ने काम गरिने शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बताउनुभयो ।

बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी घर आँगन नजिक पुग्दा बस्तीनै उच्च जोखिममा परेको स्थानीयहरु बताउछन् ।

ताजा समाचार