माओवादी केन्द्र बेदकोट नगरद्धारा स्थलगत अनुगमन गर्दै बस्ती जोगाउन मागL

कञ्चनपुर : बिहीबारदेखि परिरहेको अबिरल बर्षाले चौधर नदीले बेदकोट नगरपालिका ४ बैतडा स्थित सार्कीपार्की टोलमा ताण्डप मच्चाएको छ । शुक्रबार चौधर नदीले बेदकोट नगरपालिका ४ बैतडा स्थित सार्कीपार्की टोलमा ताण्डप मच्चाएको हो ।  स्थानीय समेत बेदकोट नगरका युवा राजुराम सार्की(भुल)ले चौधर नदीले यसैबर्षपनि गत असार र अहिले भदौँमा आएर ताण्डप मच्चाएको बताए । उनका अनुसार चौधरले उर्बराभूमी निरन्तर कटानी गरिहेको छ ।

चौधर नदीले बेदकोट नगरपालिका ४ बैतडा स्थित ज्ञानज्योति बाल विकास केन्द्र, प्राङ्गणको अन्दाजी ५ कठ्ठा जग्गा, राम भुलको ३ कठ्ठा जग्गा, मदन भुलको ५ कठ्ठा जग्गा, धनगिरी ओडको ७ कठ्ठा जग्गा र गोबिन्द खड्का, मोहन भुल, उत्तरे भुल, दानी भुल, हरिस भुल, ठेसे भुल, शंकर भुल, गणेश भुल, कृष्ण ओड, सीता भुल, दिपक भुल, धर्मराज ओड लगायतका व्यक्तिको अन्नबाली डुबान एवम् पटान गरेको बताए । साथै सार्कीपार्की टोलको पानी पिच गरेको झण्डै तीनसय मिटर सडक समेत बाढीले भत्काएको छ ।

उक्त वाढी प्रभावित क्षेत्रमा नेकपा माओवादी केन्द्र बेदकोट नगरले स्थलगत अनुगमन गरेको छ । माओवादी केन्द्र बेदकोट नगरका इन्चार्ज गणेश बहादुर विक(कुसल), नेता मिनराज गिरी, कैलास सुनार सहितले स्थलगत अनुगमन गर्दै बस्ती जोगाउन माग अघि सार्दै आफुहरुपनि पहल गर्ने बताएका छन । उनीहरुले पालिका, प्रदेश र सघीय सरकारले बेदकोट नगरपालिका ४ बैतडा स्थित सार्कीपार्की टोल बचाउन तटबन्ध सहितका कार्यक्रम संचालनमा सरकारले चासो दिनुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार