पटरा खल्ला, शान्ती टोल र सुर्खेती टोल डुवानमा, बाढीको कारण स्थानियहरु सुरक्षित स्थान सर्दै

दोधारा । अविरल वर्षा संग जगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका– ३ पटरा खल्लाका २७ घरपरिवार फेरि बिस्तापित भएका छन् । बस्तीमा पानी पस्न थालेपछि उनिहरु आफुलाई चाहिने अत्तिआवश्यक सामग्री लिएर नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिएका छन् । गत असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले पटरा खल्लामा ठुलो धनमालको क्षती बनाएको हो । घर आँगनमा पानी सुकेपछि आश्रय स्थलबाट घर फर्केका पटरा खल्लाका बाढीपिडितहरु फेरि आज जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बसेका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिका– १० शान्ती टोल, बैतिफाँटा, सुर्खेती लगाएत टोल डुवानमा परेपछि सो बस्तीका स्थानियहरुलाई अम्बिका माध्यमिक बिद्यालयमा सारिन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । बिस्तापित भई आश्रय स्थलमा बसेकाहरुलाई स्थानिय सरकार र गैरसरकारी संस्थाले खान र बस्नको ब्यवस्था गर्ने भएको छ् । आज बिहानबाट बस्तीमा जगबुडा नदी र महाकाली नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानियहरुले आ–आफ्नो आवश्यक सामग्री लिएर सुरक्षित स्थानमा जान थालेका हुन् ।

दोधारा चाँदनी नगरपालिका– १० का स्थानियबासी गगन खत्रीका अनुसार वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल लगाएत टोलहरुका झण्डै १ सय ५० बढी घरहरुमा नदीको पानी पसेको बताउनुभएको छ् ।

उहाँका अनुसार जगबुडा नदी र महाकाली नदीको बहाव अझै बढ्दै गईरहेको अवस्थामा स्थानिय सरकार र स्थानिय प्रशासनले सुरक्षित रहन सबैमा आग्रह गर्दै आएको बताउनुभएको छ् ।

ताजा समाचार