महिला भलिवलको उपाधी शुक्लाफाँटालाई

कञ्चनपुर, ः बझाङको दुर्गाथली गाउँपालिका ७ थली नौविसमा विर्सती मेलाको उपलक्ष्यमा आयोजित खुला महिला भलिवल प्रतियोगीतामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ को टोलीले उपाधी जितेको छ । प्रथम स्थान हासिल गर्दै टोलीले नगद रु ५० हजार नौ सय २० सहित ट्रफि र मेडल प्राप्त गरेको छ । बझाङको जय मष्टा सपिङ सेन्टरलाई ३–१ सेटको अन्तरले हराउदै टोलीले उपाधी जितेको महिला भलिवल टिमका व्यवस्थापक बहादुर सिंह महराले बताउनु भयो ।
उहाँका अनुसार जय मष्टा सपिङ सेन्टरको टोलीलाई पहिलो सेटमा २५–१७ ले जितेको थियो भने दोश्रो सेट मष्टाले २५–२१ को अन्तरले जितेको थियो ।

तेश्रो सेट शुक्लााफाँटाले २५–१७ र चौथो सेट २५–२३ ले जितेको छ । भदौ १९ गते देखि जारी महिला भलिवल प्रतियोगितमा कैलाली, कञ्चनपुर र बझाङका गरी १२ टोली सहभागी रहेका थिए । द्वितिय हुने मष्टाले रु २५ हजार नौ सय २० नगद सहित ट्रफि र मेडल प्राप्त गरेको छ । तृतिय हुने टोलीलाई रु १२ हजार नौ सय २० र चौथो हुने टोलीर्ला शान्त्वना पुरुस्कार स्वरुप पाँच हजार नौ सय २० नगद सहित ट्रफि र मेडल प्रदान गरिएको छ ।

टिम दर्ता शुल्क रु एक हजार नौ सय २० तोकिएको थियो । बझाङको दुर्गाथली र छविसपाथिभेरा गाउँपालिकाको केन्द्र बिन्दुमा रहेको विसौना चौरमा प्रतियोगिता आयोजना गरिएको बताईएको छ । मेलामा महिला भलिवल प्रतियोगीता संगै देउडा कार्यक्रमको पनि आयोजना गरिएको छ । प्रत्ये वर्षको यसै अबधिमा विर्सती मेला आयोजना गरिदै आएको छ ।

ताजा समाचार