सृजना बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष सिहको निधन

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी स्थित सृजना बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष तथा सहकारीका जन्मदाता संस्थापक अध्यक्ष दमन बहादुर सिहको निधन भएको छ ।

मिति २०१३ पुष २६ गते जन्मेका सिहको ६८ वर्षको उमेरमा उपचारको क्रममा २०८१ भाद्र १८ गते निधन भएको हो । लामो सयम शिक्षा क्षेत्रमा काम गरे र सेवानिवृत भएका सिह सृजन बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष हुन वि.स. २०५८ सालमा स्थापना भएको सृजना बचत तथा ऋण सहकारी संस्ला लि.को २३ वर्षको अवधिमा १ कार्यकाल मात्र अध्यक्ष रहेका थिएनन् ।

उनको कार्यकालमा ३ पटक सहकारी संस्थाले राष्ट्रिय पुरस्कार तथा सम्मान पाउन सफल भएको थियो भने यसपटक सुदूरपश्चिमको उत्कृष्ट सहकारीमा परेको थियो । सहकारीले एउटा असल तथा नेतृत्व अध्यक्ष गुमाउनु परेकोमा निकै ठुलो  क्षति भएको सहकारीका व्यवस्थापक नयन र्सिह ठगुन्नाले बताए । उनको पार्थिव शरीरलाई आज बिहान सहकारीको प्राङ्गणमा राखी श्रद्धाञ्जली अर्पण गरिएको थियो भने आजै दिउसो दाहसंस्कार गरिएको छ ।

ताजा समाचार