गृहमन्त्री लेखकद्वारा कञ्चनपुरका दुई प्रहरी कार्यालय उद्घाटन

काँग्र्रेस–एमालेविच भएको ७ बुँदे सहमती दुवै पाटीले अक्षेरस पालना गछौँ : गृहमन्त्री लेखक

कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले कञ्चनपुरका दुई प्रहरी कार्यालय उद्घाटन गरेका छन । बुधबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय र दोधाराचाँदनी नगरपालिका ६ दोधारामा रहेका र्ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीको उदघाटन गरेका हुन । नेपाल प्रहरी प्रदेश र ईप्रका दोधाराचाँदनी कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरी आधुनिक भवनबाट नागरिक स्तरिय सेवा पाउनुपर्नेमा जोडदिए । गृहमन्त्री लेखकले आधुनिकता र प्रविधिको विकाससंगै नयाँ नयाँ प्रकृतिका अपराध बढिरहेका बेला प्रहरीको पनि आधुनिकीकरण भईरहेको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री लेखकले १७ असारमा नेपाली काँग्रेस र नेकपा एमालेविच भएको ७ बुँदे सहमती दुवै पाटीले अक्षेरस पालना गर्ने र त्यसमा कुनै दुविधा नभएको दावि गरेका छन ।

‘संसदीय व्यवस्थामा सम्भवत दुई ठुला दल मिल्नुपर्ने होईन, तर विशिष्ठ परिस्थितिमा हामी मिलेका हौँ, ‘उनले भने, ‘काँग्रेस सभापति शेर बहादुर देउवा जि र सम्मानिय प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीविच अस्थिरता दीगो विकासका लागि हामी दुई दल एक भएका हौँ ।’ दुई दलविचमा भएको सहमती अक्षेरस पालना गर्ने माथि भएको सहमती तल कार्यकर्तासम्मै कार्यान्वयनका लागि समेत आग्रह गरेका छन । नागरिकलाई सेवा लिने लक्ष्यका साथ नयाँ समिकरण बनेको बताउँदै मन्त्री लेखकले संविधान संशोधन जनमुखी रुपमा बनाईने दावि गरेका छन । ‘अझ संविधानलाई समावेसी चरित्रको राम्रो बनाउने हाम्रो लक्ष्य हो, ‘मन्त्री लेखकले भने, ‘यसमा कुनै राजनीतिक शंका उपशंका गर्नु प्रदैन, यही विषय अघि सारेर राजनीतिक पनि गर्नु हुँदैन ।’ गृहमन्त्री लेखकले दुवै पाटीको केन्द्रीय समितिले ७ बुँदे सहमती एकमतका साथ पारित गरेकाले वर्तमान सरकारको स्थायित्व हुने विश्वास समेत व्यक्त गरेका छन । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक ईन्जिनियर चिरञ्जिवी महतोले प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर ईप्रका दोधाराचाँदनीको कार्य प्रगति प्रस्तुत गरेका थिए ।

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको भवन आसिश कस्ष्ट्रक्सन कम्पनीले झण्डै १३ करोड, २६ लाख, ६५ हजार ३३६ रुपैया र ४करोड, ५२ लाख, ८९ हजार ४रुपैया ईप्रका दोधाराचाँदनीको भवन साउद आलोक जेभीले निर्माण गरेका थिए । कार्यक्रममा समयमै गुणस्तरिय भवन ईप्रका दोधाराचाँदनी र प्रहरी प्रहरीको भवन निर्माण गर्ने निर्माण व्यवसायी प्रकास बहादुर सेटी, प्रहरीका ईन्जिनियर प्रहरी नायब उपरीक्षक ईन्जिनियर चिरञ्जिवी महतो, प्राविधिक प्रहरी बरिष्ठ नायक निरीक्षक हेमन्त सिह ठगुन्ना, निर्माण कम्पनीका इन्जिनियर प्रमोद पन्त, भीमदत्त नगरका मेयर पदम बोगटी, दोधाराचाँदनीका मेयर किशोर कुमार लिम्बु, दुरपाल सिह रानामगर, यम बहादुर मगरलाई सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले निर्माण व्यवसायी प्रकास बहादुर सेटीले सम्झौता अवागै गुणस्तरिय सन्तोषजनक काम गरेको भन्दै निर्माण व्यवसायीको प्रसंसा गरेका छन ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले न्यूनतम स्रोत साधनका विच राज्यले सुम्पिएका जिम्मेबारी पुरा गरिरहेको बताए । यसैविच बुधबारै गृहमन्त्री लेखकले कञ्चनपुरका कार्यालय प्रमुखसंग समेत जिल्लाको बस्तुस्थिति बारे छलफल गरेका छन । गृहमन्त्रीका निजी सचिव धर्मराज जोशीले जनतालाई सेवा सुविधादेखि सुशासन, वाढीपीडितका थप प्रतिकार्यका लागि तयारी गर्नदेखि नागरिकलाई राज्यबाट प्रदान गरिएका सेवा सुविधा सहज रुपमा प्रवाहका लागि निर्देशन दिएका छन ।

ताजा समाचार