उत्थानशील युवा सञ्जालद्वारा ‘सफा भीमदत्त, हरित भीमदत्त’ अभियान सुरु

दोधारा । उत्थानशील युवा सञ्जालले ‘सफा भीमदत्त, हरित भीमदत्त’ अभियान सुरु गरेको छ् । बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यले भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल र महाकाली युवा क्लबले बृहत वृक्षारोपण अभियानको थालनी गरेको हो । सञ्जालले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) तथा डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षारोपण अभियान सुरु गरेको छ् । अभियान अन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर १६ मा रहेको चिल्ड्रेन पार्कमा १ सय ५ वटा बिभिन्न जातका बिरुवा साथै वडा नम्बर १४ स्थित शान्ति आधारभूत विद्यालयमा २ सय र बैजनाथ आधारभूत विद्यालयमा १ सय ५० बिरुवा रोपण गरिएको छ् । उत्थानशील युवाहरुले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनको असर, मोटरगाडीको उच्चतम प्रयोग साथै उद्योग धन्दाहरुले वातावरण प्रदुषित बन्दै गएको अवस्थामा वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण अभियानको थालेका हुन् ।

उत्थानशील युवा सञ्जालका सदस्य हेमन्ती महरले भीमदत्त नगरपालिकालाई हरियो र सफा बनाउने उद्देश्यले वृक्षारोपण अभियान सुरु गरिएको बताउनुभयो । भीमदत्त नगरपालिका भित्रका खाली स्थानहरुको बारेमा जानकारी दिन साथै रोपिएका बिरूवाहरुको संरक्षण गरेर यस अभियानमा जोडिन सम्पूर्णलाई आग्रह गर्नुभएको छ् । भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशव सिंह विष्टले युवा सञ्जालले हरियाली प्रवर्द्धनका लागि गरिरहेको कार्य सहनिय रहेको बताउनुभयो । उहाँले चिल्ड्रेन पार्कलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने प्रमुख जिम्मेवारी स्थानीयबासीको भएकाले पार्कमा रोपिएका बिरुवाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ् ।

प्रदुषण रोक्ने सबै भन्दा उत्तम उपाय भनेको वृक्षारोपण भएकाले उत्थानशील युवा सञ्जालको यस अभियान सबैले साथ दिनुपर्ने उहाँको भनाई रहेको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले मानिसले नै वातावरणलाई प्रदुषित वा असंतुलित बनाई राखेको बताउनुभयो । प्रकृतिसाग बदमासी गरिएमा ठूलो प्राकृतिक विपद्को सामना गर्नुपर्ने अवस्था आउने उहाँको भनाई छ् । उहाँले हाम्रा भावी सन्ततीहरुलाई स्वच्छ हावा प्रदान गर्नका लागि पनि वृक्षारोपण गर्नुपर्ने बताउनुभयो ।

जलवायुको समस्या तथा हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण अभियानको थालनी गरिएको बताईएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएले जलवायु अनुकुलन साथै हरियाली प्रवद्र्धनका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् ।

 

ताजा समाचार