ग्रामीण भेगको विद्यालयको शैक्षिक विकासमा सघाउँदै काठमाण्डौ विश्वविद्यालयका ४ छात्रा

पप्पु गुरुङ्ग, कञ्चनपुर । ग्रामीण भेगका विद्यालयको शैक्षिक विकासमा सघाउन काठमाण्डौ विश्वविद्यालयका ४ छात्रा दोधारा चाँदनीमा पुगेका छन् । काठमाण्डौ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी ईशिका जोशी, टीसा महर्जन, तनुश्री कुँवर क्षेत्री र अमिशा अधिकारी यतिबेला दोधारा चाँदनी नगरपालिका– १ मा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयका विद्यालयका शैक्षिक विकासमा सघाउन लागिपरेका छन् । ‘शिक्षा देखि समृद्धिको बाटो सम्म’ नारा सहित उनीहरूले बिभिन्न दाताबाट सङ्कलन गरेको सहयोगले विद्यालयमा पुस्तकालयको स्थापना गरेका छन् भने, झण्डै रु. ४ लाख ५० हजार बढीको शैक्षिक सामग्री विद्यार्थीलाई बितरण गरेका छन् ।

शैक्षिक सामग्री सहयोग सँगै विद्यार्थीहरूलाई पठन पाठन कार्यमा समेत सघाउँदै आएको दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्दले जानकारी दिनुभएको छ् । काठमाण्डौ विश्वविद्यालयमा अध्ययनरत ४ जना छात्राहरूले १ महिना महाकाली आदर्श माध्यमिक विद्यालयमा शिक्षाको गुणस्तर विकासमा निकै सहयोग पुर्‍याउँदै आएको वडाध्यक्ष बिक्रम चन्दले बताउनुभएको छ् ।

विश्वविद्यालयका छात्राहरूले विद्यालयमा गरेको कार्यको प्रशंसा गर्दै वडाध्यक्ष चन्दले विद्यार्थीहरूले धेरै कुरा सिक्न पाएको बताउनुभएको छ् । विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक क्षेत्रमा सघाउ भएको वडाध्यक्ष बिक्रम चन्दले बताउनुभएको छ् । बिहानै देखि सरसफाइ तथा कक्षामा विद्यार्थीहरूलाई अनुशासित बनाउदै आएका विश्वविद्यालयका छात्राहरू सँग अभिभावकहरू निकै प्रभावित बनेका छन् ।

एक महिनाको लागी महाकाली आदर्श माध्यमिक विद्यालयका प्रयोगात्मक तथा सहयोग गर्न पुगेका विश्वविद्यालय छात्राहरूलाई विद्यार्थीहरूले उनीहरूको शैक्षिक कृयाकलाप प्रति औधी रुचाएका छन् । काठमाण्डौमा विश्वविद्यालयमा अध्ययनरत छात्रा अमिशा अधिकारीले काठमाण्डौमा रहेका बिभिन्न दाताहरूबाट सहयोग सङ्कलन गरि महाकाली आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना, विद्यार्थीहरूलाई शैक्षिक सामग्री, कक्षा कोठामा विद्युत बिस्तार तथा विद्यालयलाई सरसफाइका सामग्री बितरण गरेको बताउनुभएको छ् ।

आफूहरूको एक महिनाको बसाइमा आफूहरूले सिकेका कुरा विद्यालय र विद्यार्थीहरूलाई हस्तान्तरण प्रयास रहने छात्रा अमिशा अधिकारीले बताउनुभएको छ् । काठमाण्डौ विश्वविद्यालयका बिबिएमा अध्ययनरत छात्रा अमिशा अधिकारीले विश्वविद्यालयले आफूहरूलाई एक महिनाको लागी सामाजिक कार्य गर्न पठाएको बताउनुभएको छ् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार सँगै विद्यार्थीहरूलाई नैतिकवान् बनाउन गरिएको काठमाण्डौ विश्वविद्यालयका ४ जना छात्राको कार्य प्रति शिक्षक, अभिभावक तथा स्थानियहरु खुशी प्रकट गरेका छन् ।

ताजा समाचार