आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएकाहरुलाई आर्थिक सहयोग

दोधारा । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न समस्या भएकाहरुलाई आर्थिक सहयोग गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका ४ जना बिरामीलाई नगर दलित समन्वय समिति दोधारा चाँदनीले आर्थिक सहयोग गरेको हो । अतिविपन्नताको कारण उपचार गर्न समस्या भएर घरमै थलिएका पदमी ओड, सुरेश सुनार, नर बहादुर बिक, कालु देबी चदारोलाई नगर दलित समन्वय समिति दोधारा चाँदनीले प्रत्येक बिरामीलाई रु. १० हजारको दरले ४ जना बिरामीलाई रु. ४० हजार रकम बितरण गराईएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा नगर दलित समन्वय समिति दोधारा चाँदनीका संरक्षक भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् ।

दलितहरुको हकहितका लागी स्थापना गरिएको नगर दलित समन्वय समितिले आर्थिक सहयोग संकलन गरि कोष तयार गरि विपन्नताको कारण उपचार गर्न सकस भएकाहरुलाई सहयोग गर्ने उद्धेश्यले समितिको कोषबाट सहयोग गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । प्रत्येक वर्ष विपन्नता भएकाहरुलाई सहयोग गर्ने कार्यक्रममा निरन्तरता ल्याउने आफुहरुको प्रयास गर्दै आएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी पदमी ओड क्यान्सर पिडित, वडा नं. ३ निवासी सुरेश सुनार मृगौला पिडित, वडा नं. ८ का अपांगताका भएका नर बहादुर बिक र वडा नं. १० निवासी कालु चदारो क्यान्सरबाट पिडित रहेका छन् ।

उनिहरुको अवस्था बुझेर समितिको निर्णय अनुसार घर–घरमा पुगेर उपचारको लागी आर्थिक सहयोग गरिएको नगर दलित समन्वय समितिका संयोजक टिकाराम सार्कीले बताउनुभएको छ् । उपचार गर्न नसकेर उनिहरुको जिवन कष्टकर बन्दै गएको कारण थोरै भएपनि पिडामा मलहम लगाउने प्रयास गरिएको नगर दलित समन्वय समितिका संयोजक सार्कीको भनाई रहेको छ् ।

उहाँले दलित हकहितको लागी गरिदै आएका अन्य कार्यक्रमहरु समय अनुकुल फेरबदल गर्दै आएपनि विपन्नताको कारण उपचार गर्न सकस भएका दलित समुदायका ब्यक्तीहरुलाई सहयोग गर्ने कार्यक्रम भने निरन्तरता दिदै आउने प्रतिबद्धता जाहेर गर्नुभएको छ् ।

पिडामा रहेका बिरामीहरुले आर्थिक सहयोग पाएसंगै नगर दलित समन्वय समितिलाई धन्यबाद दिएका छन् ।

 

ताजा समाचार