वडाध्यक्ष खत्रीले सुरु गरेको शुरेस बचाउन अभियानमा सहयोग संकलन जारी, संकलित रकम हस्तान्तरण

दोधारा । छोराको उपचारमा सहयोग गरिदिन सबैलाई कमला सुनारले अपिल गरे संगै दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले थालेको कमला सुनारका सुनारका छोरा वर्ष अन्ताजी ३३ का शुरेस सुनारको उपचारको लागी संकलित रकम रकम संकलन सुरु भएको छ् । आर्थिक अवस्था निकै दैनिय रहेका शुरेस सुनारको मृगौलामा समस्या देखिए संगै मुखबाट रगत बग्न थालेपछि उनका घरपरिवार उपचारमा सहयोगको लागी सबै संग गुहार माग्दै आएका छन् । बिरामीले हिडडुल गर्न नसकेका शुरेसलाई घरपरिवारले सिमावर्ती भारतिय बजारमा रहेका अस्पतालमा उपचार गर्दै आएका हुन् ।

दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले सुरु गरेको शुरेस सुनार बचाउ अभियानमा संकलन भएको रु. २७ हजार ७ सय रकम शुरेस सुनारका आमा कमला सुनारलाई हस्तान्तरण गरेका छन् । वडा कार्यालयमा कमला सुनारलाई हाल सम्म संकलन भएको रकम रु. रु. २७ हजार ७ सय शुरेसको उपचारको लागी हस्तान्तरण गरेको वडाध्यक्ष खत्रीले बताएका छन् । शुरेसको उपचारको लागी रकम अझै संकलन हुदै गरेको उनले बताए । यस अघि वडाध्यक्ष केशव खत्रीले शुरेसको उपचारको लागी ब्यक्तीगत रु. ८ हजार रकम समेत सहयोग गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिकामा रहेका आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेकाहरुलाई वडाध्यक्ष केशव खत्रीले आफुले पाउने सरकारी सेवा सुबिद्याबाट तथा देश, बिदेशमा रहेका नेपालीहरुलाई गुहार गर्दै बिगतका दिनहरु देखि उपचारमा सघाउदै आएका छन् ।

 

ताजा समाचार