लाईन्स अफ लियो क्लव काठमाण्डौंले गर्‍यो दोधारा चाँदनीका एक बिद्यार्थीलाई सहयोग

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको श्रजना आधाभुत बिद्यालयमा अध्यनरत एक बिद्यार्थीलाई लाईन्स अफ लियो क्लव काठमाण्डौंले पठन पाठनमा सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ९ मा रहेको श्रजना आधारभुत बिद्यालयको कक्षा ८ मा अध्यनरत प्रकाश धानुकलाई काठमाण्डौंमा रहेको लाईन्स अफ लियो क्लवले रु. १० हजार बराबरको शैक्षिक सामग्रीमा सहयोग गरेको श्रजना आधारभुत बिद्यालयका प्रधानध्यापक चन्द्र सिंह बिष्टले जानकारी दिनुभएको छ् । आर्थिक अवस्था कमजोर, जेहेन्दार, पठन पाठनमा अव्वल रहेका प्रकाश धानुकलाई लाईन्स अफ लियो क्लव काठमाण्डौंले उनको पठन पाठनमा सहयोग गर्ने उद्धेश्यले शैक्षिक सामग्री सहयोग गरेको प्रधानध्यापक बिष्टले बताउनुभएको छ् ।

बिद्यालयका एक कार्यक्रमको बिच बिद्यार्थी धानुकलाई रु. १० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको प्रधानध्यापक चन्द्र सिंह बिष्टले बताउनुभएको छ् । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंल, नेकपा एमालेका नेता गगन खत्री लगाएत बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

बिद्यार्थी धानुकले लाईन्स अफ लियो क्लव छात्रबृति रकम स्वरुप रु. १० बराबरको कापी, कलम, पोशाक, जुत्ता लगाएत शैक्षिक सामग्री पाएको खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पाएको सहयोगले आफ्नो शैक्षिक बाटो सहज भएको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपािलका क्षेत्रमा आफुलाई लाईन्स अफ लियो क्लवले छनौट गरि सहयोग गरेको भन्दै बिद्यार्थी धानुकले लाईन्स अफ लियो क्लवलाई धन्यबाद दिनुभएको छ् ।

 

 

ताजा समाचार