दोधारा चाँदनीमा २ सय ७ बाढीपिडित घरपरिवारलाई खाद्य सामग्री बितरण

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको छ्् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्य र पेशवान नामक गैरसरकारी संस्था र सेभ द चिल्ड्रेनको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका २ सय ७ जना बाढी प्रभावित भएकाहरुलाई खाद्यान्न सामग्री बितरण गरिएको छ् । गत असार २२ गते देखि २५ गतेसम्म परेको अविरल वर्षा संगै जगबुडा नदीले प्रभावित बनाएकाहरुलाई दोधारा चाँदनी नगरपालिकाको सहकार्य र पेशवान र सेभ द चिल्ड्रेनको सहयोगमा राहत स्वरुप खाद्यान्न सहयोग गरिएको पेशवानको आकस्मिक तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक दिल बहादुर ढाँटले जानकारी दिनुभएको छ् ।

बाढीपिडितहरुलाई चामल, दाल, खाने तेल, नुन, झुल, हाईजेनिक किट लगाएत सामग्री सहयोग गरिएको पेशवानको आकस्मिक तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक दिल बहादुर ढाँटले बताउनु भएको छ् । वर्षा संगै आएको बाढीबाट दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित भएको हुदा पालिका संगको समन्वयमा सेव द चिल्ड्रेन र पेशवानको सहयोगमा बाढीपिडितहरुलाई खाद्य सामग्री बितरण गरिएको उहाँले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले स्थानिय सरकार संग समन्वय र सहकार्य गरि पेशवन संस्थाले बाढीबाट प्रभावित बनेकाहरुलाई राहत उपलब्ध गराएको भन्दै पेशवन संस्था र सेभ द चिल्ड्रेनलाई बिशेष धन्यबाद दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले बिभिन्न संघ संस्था तथा सरोकारवालाहरुलाई अनुरोध गर्दै आएको बताउदै नगरप्रमुख लिम्बुले ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै बाढीले पिडामा रहेकाहरुलाई मलहम लगाउने प्रयास भईरहेको बताउनुभएको छ् ।

पहिलो चरणमा १ सय ७ जना बाढी पिडितहरुलाई राहत दिने र बाँकी रहेका १ सय जनालाई २/४ दिन भित्रै राहत उपलब्ध गराउने पेशवानले जनाएको छ् । राहत पाएपछि बाढी प्रभावितहरुले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा संस्थाको सहयोगले ठुलो राहत हुने बताएका छन् ।

 

ताजा समाचार