कञ्चनपुर,: नेपाल कम्युनिष्ट पाटी(बहुमत)ले छापामारशैलीमा पक्राउ गरिएका कैलालीका नेता कार्यकर्ता रिहाईको माग अघि सारेको छ । बहुमत सुप प्रदेश ब्यूरोले एक प्रेस विज्ञप्ती जारी गर्दै भ्रष्टाचार बिरुद्धको अभियानमा खटिएका पाटीका नेता कार्यकर्ता पक्राउ निन्दनिय भएको जनाएको छ ।
नेकपा बहुमत कैलाली इन्चार्ज संघर्ष, ब्यूरो कार्यालय सचिव रोशन, कैलाली पाटी सचिव दिपक र नेताहरु शंकर करनलाई अत्तरियाबाट पक्राउ गरेको भन्दै भत्र्सना जाहेर गरेको छ । बहुमत प्रदेशका इन्चार्ज डिडि पाण्डेय(प्रतिक)ले हस्ताक्षर गरेको विज्ञप्तीमा पक्राउ गरेका नेता कार्यकर्ता रिहा नगरे आन्दोलनको चेतावनी दिएको छ ।
अत्तरिया स्थित प्रतिभा पुस्तकालयबाट शान्तिपुर्ण छलफलका क्रममा वर्तमान सरकारले लोकतन्त्रकै खिल्ली उठाउने गरेर पक्राउको नेकपाले भत्र्सना गरेको छ ।