एनआरएनए साउदी अरब अध्यक्ष रबिना अर्याल द्वारा फुटबल प्रतियोगिताका लागि आर्थिक सहयोग

कञ्चनपुर : शुक्रबारदेखि बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा शुरु भएको सातौँ खुला नकाउट फुटबल प्रतियोगिता २०८१ लाई सफल पार्नका लागि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब अध्यक्ष रबिना अर्याल ले साउदी अरब बाट आर्थिक सहयोगमा गर्नु भएको छ।

सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्न गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब अध्यक्ष रबिना अर्यालले आर्थिक सहयोग गरेकि हुन।

अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि एनआरएनए साउदी अरबमा पहिलो महिला नेतृत्वमा रहेकी अध्यक्ष अर्यालले १० हजार १ रुपैया आर्थिक सहयोग गरेको बताए ।

क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासी लगायत नेपाली दाजुभाइ तथा संघसंस्था लाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ।

ताजा समाचार