साउदी अरबको पूर्वी प्रान्तको दम्माम स्थित ऐतिहासिक दुई दिने राहदानी अस्थायी शिबिर सम्पन्न

काठमाडौ : गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहकार्य र नेपाली राजदूतावास, रियादको आयोजनामा साउदीअरबको पूर्वी प्रान्तको दम्माम स्थित दुई दिने राहदानी अस्थायी शिबिर सम्पन्न भएको छ।नेपाली राजदुतावास साउदी अरब र गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब (एनआरएनए) साउदी अरबले अगष्ट २३ र २४ तारिखमा एक कार्यक्रमको आयोजना गरि साउदी अरबमा रहेका करिब ५ हजार नेपालिलाई एकैपटक पासपोर्ट वितरण गरि नविकरणको सेवा दिएको हो।संघका अध्यक्ष रबिना अर्यालको नेतृत्वमा यो अहिलेसम्म कै उत्कृष्ट र सेवा दिएर नेपालिमाझ एतिहासिक कार्य गरेको छ । ३ हजार ९ सय ६२ पासपोर्ट वितरण गरिएको छ। यसरी १ हजार १० पासपोर्ट नवीकरण गरिएका छन् ।निरन्तर सबै संघसंस्था राजनीतिकदलका भातृ संगठनहरु , सामाजिक संगठनहरु , विभिन्न खेलकुद क्लब र संघहरुको उतिकै सक्रिय स्वयंसेवकको सहयोगमा यो कार्य सफल भएको हो । नेपाली राजदूतवास साउदी अरब , विभिन्न वैचारिक , सामाजिक र मातृसंघसंस्थाका पदाधिकारी , कर्मचारी ज्युहरुमा यो एतिहासिक कार्य समापन सम्म उत्कृष्ट भुमिकाको लागि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब (एनआरएनए) साउदी अरब अध्यक्ष रबिना अर्यालले हार्दिक धन्यवाद व्यक्त समेत गरेकी छन।

ताजा समाचार