दोधारा चाँदनीमा सकियो गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा

दोधारा । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छिन् । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउापालिकाबाट मोटरसाइकल यात्रा सुरु गरेकी तिवारीले पाँचौं दिन आइतवार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् । परापूर्वकाल देखि महिलाले पहिरिदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन् ।

’संस्कृति र पहिचान पोशाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ् । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हु’, उनले भनिन् । झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गरेकी थिइन् ।

यस्तै दोधारा चाँदनीमा पुगेका शुशीला उप्रेतीलाई दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष केशव खत्री तथा स्थानियहरुले फुलमालाले स्वागत गरेका हुन् ।

 

ताजा समाचार