छोराको जिवन रक्षाका लागी दोधारा चाँदनीका पुष्पाको अपिल


दोधारा । पोखरामा छोराको उपचारमा रहेकी पुष्पा सिंहले आर्थिक अभाव भएपछि सहयोग गरिदिन सबैलाई अपिल गरेकी छन् । सड्क दुर्घटनामा परि गम्भीर घाईते भएका छोरा मुकेश सिंहको उपचारका लागी आर्थीक सहयोगको लागि अपिल गरेकी हुन् । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका– ४ की पुष्पा सिंहका छोरा पोखराको बेलघारी सडक दुर्घटनामा परि गम्भिर घाईते भएका हुन् । केही दिन अघि क्यान्सरबाट ग्रसित श्रीमान गुमाएकी पुष्पाको परिवारमा आर्थिक जोहो गर्ने कोही छैन् ।

ठुलो रकम खर्च गर्दा पनि श्रीमान् बचाउन नसकेकी पुष्पाले छोराको ज्यान जोगाउन आर्थिक अभावले उपचारमा समस्या परेको बताएकी छन् । छोरा दुर्घटनामा परि एक साता बढी समयबाट अचेत अवस्थामा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान (गण्डकी अस्पतालमा) उपचार भईरहेको छ् । पुष्पाले घरपरिवारको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएकोले आफ्नो छोराको उपचारको लागी सक्दो आर्थिक सयोग गरिदिनहुन देश तथा विदेशमा रहनु भएका सम्पुर्ण दाजु भाई, दिदी बहिनीहरुमा अपिल गरेका छन् ।

छोरा उपचारको क्रममा आर्थीक अभाव संगै अस्पतालको भेन्टीलेटरमा जिवन मरणको दोसाधमा रहेका छोरा बचाउन सहयोगका लागी दोाधरा चाँदनीकी पुष्पाले सबैलाई अनुरोध गरेकी छन् । सहयोगका लागि विस्तृत विवरण :
मोबाइल नम्बर :९८०५७५२४८९
खाता नम्बर : ०८२३५०१४७६०४०१६ कृषि बिकास बैंक
खातावालाको नाम : पुष्पा सिंह


ताजा समाचार

spot_img