साउदी अरबमा तिज विशेष कार्यक्रमको आयोजना हुने

कञ्चनपुर: विदेशी भूमिमा भएपनि परम्परा लाई जोगाउन गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरबले विदेशमा हरितालिका तिज कार्यक्रम मनाउने भएको छ।

पछिल्लो समयमा महिला नेतृत्व पाएपछि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब अध्यक्ष रबिना अर्यालको अगुवाइमा नेपाली महिलाहरु को महान चाड हरितालिका तिज २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको हो।

चर्चित लोक व्याटल गायिका प्रीती आलेको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रम गर्न छन्। जसमा विदेशी भुमिमा भएपनि आफ्नो सांस्कृति परम्पराको जगेर्ना गर्ने र विदेशमा रहेकी दिदिबहिनीहरुले एक आपसमा तिजको शुभ कामना आदान-प्रदान का साथै बृहत् सांस्कृतिक कार्यक्रम समेत गर्ने छन्।

आइतबार एक सूचना जारी गर्दै कार्यक्रममा संघका स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, साउदी अरब स्थित क्रियाशील सामाजिक तथा राजनीतिक संघ संस्थाका पदाधिकारीहरू, सामाजिक व्यक्तित्वहरू, व्यवसायी तथा बुद्धिजीवीहरू, व्यवसायी तथा वित्तीय संस्थानहरूका प्रतिनिधिहरू, विभिन्न संचार संस्थान संग आवद्ध संचार कर्मीहरू एवम् साउदीअरब स्थित कर्मरत नेपाली दाजु भाई दिदी बहिनीहरू सहभागि हुनुभई कार्यक्रमलाई सभ्य र भव्यताका साथ सफल बनाउन सहयोगका लागि समेत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब अनुरोध समेत गरेको छ।

कार्यक्रममा सहभागीताको लागी प्रवेश निःशुल्क रहने छ। कार्यक्रम ०६ सेप्टेम्बर २०२४ (भाद्र २१ गते) का दिन बिहान ११:०० बजे देखी साँझ ५:०० बजे सम्म सादी रिसोर्ट सफ्वा, जुबेल हाईवे, दम्माम साउदी अरबमा हुने कार्यतालिका बनाएको छ।

प्रकाशित कार्यक्रम बारे सूचना :

ताजा समाचार