दोधारा । भारतिय जंगलबाट भित्रिएको जंगली हात्तीको ठुलो बथान बडुवाल टोल बस्ती पसेपछि स्थानियहरुमा भागा भाग भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा नजिकै रहेको भारतिय जंगलबाट बस्ती भित्रिएको हात्तीको ठुलो बथान बस्ती पसेपछि स्थानियहरुको भागा भाग भएको हो । आज दिउसैबाट बस्तीमा आएका हात्तीको बथानले स्थानियहरुको धान तथा मकैवाली खाएर तथा उधनेर नष्ट गरेको स्थानियहरुले बताएका छन् ।

समाचार तयारपारुञ्जजेल हात्ती बस्ती नजिक धान तथा मकैवाली नष्ट गरेको छ् । २०/२५ वटा बच्चा सहित जंगली हात्ती दिउसै देखि बस्तीमा देखा परेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् ।

हात्तीलाई धपाउन स्थानियहरुले सायरन, आगोको धुनी बालेर हात्ती धपाउन प्रयास गरेको उनले बताए ।







